एकैदिन सुनको भाउ तोलामा ३४ सय घट्यो – Satabdi News

एकैदिन सुनको भाउ तोलामा ३४ सय घट्यो

कार्तिक २५, बेलबारी । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला ३४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एकैदिन सुनको भाउ तोलामा ३४ सय घट्यो" A few seconds ago

सम्बन्धित खवर