एक दिनमा थपिए २९ सय ९ जना कोरोना संक्रमित, निको हुने ४५ सय – Satabdi News

एक दिनमा थपिए २९ सय ९ जना कोरोना संक्रमित, निको हुने ४५ सय

कार्तिक २१, बेलबारी । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८८ हजार ८८३ जना पुगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

यता, पछिल्लो २४ घण्टामा ४५ सय जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १ हजार ७० पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एक दिनमा थपिए २९ सय ९ जना कोरोना संक्रमित, निको..." A few seconds ago

सम्बन्धित खवर