कोरोना संक्रमित युवतीद्दारा झुन्डिएर आत्माहत्या – Satabdi News

कोरोना संक्रमित युवतीद्दारा झुन्डिएर आत्माहत्या

कार्तिक २०, बेलबारी । दमककी एक जना कोरोना संक्रमित युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झुन्डिएर आत्महत्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । आफू सुत्ने कोठोमा रहेको सिलिङ पंखामा सलको पासो लगाएर उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए ।

शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीसँग समन्वय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक पण्डितको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना संक्रमित युवतीद्दारा झुन्डिएर आत्माहत्या" A few seconds ago

सम्बन्धित खवर