"सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल" मा नेपाल मात्र लेख्ने सरकारको निर्णय असंवैधानिक; उपेन्द्र यादब – Satabdi News

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल” मा नेपाल मात्र लेख्ने सरकारको निर्णय असंवैधानिक; उपेन्द्र यादब

कार्तिक १९, बेलबारी ।  कार्तिक ४ गते जारी गरिएको सरकारको निर्णय ” सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल” र अंग्रेजीमा ” Federal Democratic Republic of Nepal ” ठाउँमा नेपालीमा “नेपाल” अग्रेजीमा “Nepal” मात्र लेख्ने निर्णयप्रती जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले संबिधान मर्म बिपरित भएको ठहर व्यक्त गरेका छ्न ।

नेपालकाे संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गतन्त्रात्मक शासन व्यवसथा उल्लेख गरिएको छ । त्यसैगरी संविधानको धारा ४ नेपाल राज्य: (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न….. सङ्घीय लोकतान्त्रिक गतन्त्रात्मक राज्य हो भनि लेखिएको छ । तर नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले मिती २०७७/०६/११मा गरेकाे निर्णय अनुसार निर्णय कार्यान्वयन सम्बन्धमा २०७७/७/४ जारी गरिएको सरकारको निर्देशनमा ” सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल” र अंग्रेजीमा ” Federal Democratic Republic of Nepal ” नलेख्नु भनि आदेश जारी गरेको छ ।

 

सरकारको उक्त निर्णय, निर्देशन र आदेश असंवैधानिक हुनका साथै जनताले सङ्घर्ष, त्याग र बलिदानद्वरा प्राप्त गरेका संघीय प्रणाली,समावेशिता, लोकतान्त्रिक गणतन्त्र कै विरूद्धमा रहेका छन् । अन्तः यो लोकतान्त्रिक गणतन्त्र, संघीय प्रणली र समाबेशी लोकतन्त्रलाई नै धरापमा पारी मुलुकलाई निरङकुशता तर्फ अर्थात प्रतिगमन तर्फ लैजाने षड्यन्त्र गरिएको आशंका उत्पन्न भएको छ । यदि जनतालाई यसकाे स्पष्ट जबाफ नेपाल कम्युनिस्ट पार्टीले नदिए जनताले अब फेरि अर्को प्रतिगमनका बिरुद्ध पनि सङ्घर्ष बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल̶..." A few seconds ago

सम्बन्धित खवर