कोरोना बिमाको दाबी भुक्तानी एक साता भित्रै दिन निर्देशन – Satabdi News

कोरोना बिमाको दाबी भुक्तानी एक साता भित्रै दिन निर्देशन

कार्तिक १८, बेलबारी । बिमा समितिले बिमा कम्पनीहरुलाई कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले समितिलाई कोरोना बिमाको दाबी भुक्तानी नरोक्न निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनपछि नियामक बिमा समितिले पनि कारोना बिमाको दाबी भुक्तानी ७ दिनमा गर्न बिमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो । समितिले सबै निर्जीवन बिमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न भनेको छ ।

अर्थ मन्त्रालयले पनि कोरोना बिमाको दाबी भुक्तानीमा ढिलाई गरेको भन्दै बिमा समितिलाई पत्र लेखेर ७ दिन भित्र दाबी भुक्तानी दिने व्यवस्था मिलाउन पत्र काटेको थियो । सोही अनुसार समितिले ७ दिन भित्र दाबी भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा आज मंगलबार बसेको बैठकले कोरोना बिमाको दाबी गरेका सबै बिमितहरुलाई एक हप्ताभित्रै दाबी भुक्तानी दिने समेत निर्णय गरेको थियो ।

साथै, दाबी भुक्तानीको समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनुपर्ने निर्णय पनि बैठकले गरेको छ । कोरोना बिमाको दाबी भुक्तानीमा ढिलाई भएको चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले उक्त निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना बिमाको दाबी भुक्तानी एक साता भित्रै दिन ..." A few seconds ago

सम्बन्धित खवर