आज हुने अमेरिकी राष्ट्रपति चुनाबमा, ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा – Satabdi News

आज हुने अमेरिकी राष्ट्रपति चुनाबमा, ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा

कार्तिक १९, बेलबारी । अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला धेरैजसो मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत बढीले अग्रता बनाएको देखाएका छन् । एनबीसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएका छन् ।

गएको अक्टोबर २९ देखि ३१ तारिखसम्मको मत सर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झण्डै ५५ प्रतिशतले समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज हुने अमेरिकी राष्ट्रपति चुनाबमा, ट्रम्प र बा..." A few seconds ago

सम्बन्धित खवर