भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु – Satabdi News

भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

कार्तिक १७, बेलबारी । चितवनको भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना चितवनका पुरुष छन् भने अर्की धादिङकी महिला हुन् । अस्पतालका अनुसार भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुषको निधन भएको हो । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए । उनको सोमबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

यस्तै, अर्का कोरोना संक्रमित धादिङको नीलकण्ठ नगरपालिका ३ की ६१ वर्षीय महिला छन् । उनको सोमबार बिहान मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएकी उनी कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् । अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको अस्पतालले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितक..." A few seconds ago

सम्बन्धित खवर