महोत्तरी युवा संजालद्दारा जनचेतनामूलक तथा सेन्ट्री प्याड बनाउने तालिम सम्पन्न। – Satabdi News

महोत्तरी युवा संजालद्दारा जनचेतनामूलक तथा सेन्ट्री प्याड बनाउने तालिम सम्पन्न।

राजु कुमार महतो

कार्तिक ७, बेलबारी । गौशाला न.पा.८ भन्टाबारी स्थित श्री सरस्वती आधारभुत बिधालयमा महोत्तरी युवा संजालको आयोजना र शुभ शिवम बालुवा गिट्टी वासिङ्ग सेन्टरको संचालक श्री प्रमोद महतो ज्यु, को सहयोगमा छैटौं महिनाबारी बारे जनचेतनामूलक तथा सेन्ट्री प्याड बनाउने एक दिने सम्पन्न गरिएको छ ।

आज यस कार्यक्रमको संयोजक महोत्तरी युवा संजालको गौशाला कार्यकारी सह संयोजक संगिता महतो जि र गौशाला कार्यकारी सदस्य बबिता महतोले आफ्नो निगरानीमा राख्दै कार्यक्रम संचालन गरेका थिए र कार्यक्रम सभाअध्यक्षता महोत्तरी युवा संजालको गौशाला कार्यकारी संयोजक श्री राजिब साह ज्यु, प्रमुख आतिथी गौशाला न.पा.८ को वडा अध्यक्ष श्री भोजबहादुर दर्लामी, रामउमेश यादव, बिनोद महतो, गंगा साह, जमुना साह र अन्य अतिथि तथा नगरबासीहरुको उपस्थितिमा कार्यक्रम सफल गरिएको कुरा महोत्तरी युवा संजालको कार्यकारी सदस्य श्री धिरज साहले बताए ।

महोत्तरीको यस्ता ठाउँमा धेरै महिला दिदिबहिनीहरुलाई विभिन्न तालिमहरु दिन्दै आईरहेको बताए र आगामी दिनमा महिलाहरूको लागी आत्मारक्षा तालिम ल्याउने कुरा महोत्तरी युवा संजालको गौशाला कार्यकारी संयोजक श्री राजिब साहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महोत्तरी युवा संजालद्दारा जनचेतनामूलक तथा सेन्ट..." A few seconds ago

सम्बन्धित खवर