बेलबारी-४ मा स्कुटर दुर्घटना, एकको मृत्यु, दुई घाइते – Satabdi News

बेलबारी-४ मा स्कुटर दुर्घटना, एकको मृत्यु, दुई घाइते

कार्तिक ०६, बेलबारी  । मोरङको बेलबारी –४ स्थित हिमाली चोक सडक खण्ड भित्र बुधबार राति एक स्कुटर दुर्घटना हुँदा सोही बडा बस्ने १९ बर्षिया समिक्षा राईको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

को ३२ प ५६३७ नम्बरको स्कुटर उत्तर देखि दक्षिणतर्फ जाने क्रममा अनियन्त्रित भई राति ११ः४५ बजेतिर दुर्घटनामा जनाएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहीबार बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् । अनुपमाको विराटनगरको नोबेल शिक्षण अस्पताल र सुमित्राको सुकुना सामुदायिक अवस्था विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी-४ मा स्कुटर दुर्घटना, एकको मृत्यु, दुई ..." A few seconds ago

सम्बन्धित खवर