गायक नन्दु गुरुङको आवाजमा “तल्ला गाउँले कान्छी मैया” गीत सार्बजनिक – Satabdi News

गायक नन्दु गुरुङको आवाजमा “तल्ला गाउँले कान्छी मैया” गीत सार्बजनिक

कार्तिक ५, बेलबारी । पछिल्लो समयका लोकप्रिय गायक नन्दु गुरुङको आवाजमा फेरि अर्को नयाँ गीत रिलिज भएको छ। मंगलबार रिलिज भएको ”तल्ला गाउँले कान्छी मैया” बोलको गीतमा नन्दुको मेलोडियस आवाज सुन्न सकिन्छ ।

नन्दुका अलवा गीतमा ममता गुरुङको पनि सुमधुर आवाज रहेको छ। राम प्रसाद गुरुङले गीतको शब्द अनि ताम्पासेर राइले संगीत सृजना गरेका हुन् । गीतका प्रत्येक शब्दहरु प्रेमिल छन् । चोखो मायाप्रेममा रहेको जोडीको कथालाई गीतमा उतारिएको छ। लोक प्याटर्नमा आधारित गीतको अडियो एकदम मेलोडियस बनेको छ। नेपाल आइडल सिजन ३ कि टप ९ मा समेत पर्नसफल ममताको गायिकी गीतमा उत्कृष्ट छ।

गीतको अडियोसंगै भिडियो पनि आकर्षक अनि उत्कृष्ट बनेको छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा शिवदास गुरुङ र कुशुम गुरुङ फिचर्ड छन् । त्यस्तै, प्रदिप दयाल, सोनम शेर्पा, जेसिस श्रेष्ठ लगायतका कलाकारहरु पनि भिडियोमा फिचर्ड छन् ।

भिडियोलाई शिवदास गुरुङले कोरियोग्राफी एवम् निर्देशन गरेका छन् । गाउँले अनि लोक शैली देखाइएको भिडियोलाई आकर्षक फ्रेममा चक्र बि बरालेले खिचेका हुन् । भने, भिडियो बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गायक नन्दु गुरुङको आवाजमा “तल्ला गाउँले कान्छी ..." A few seconds ago

सम्बन्धित खवर