कुन प्रदेशमा आईसियु र भेन्टिलेटरमा कति संक्रमित छ्न ? – Satabdi News

कुन प्रदेशमा आईसियु र भेन्टिलेटरमा कति संक्रमित छ्न ?

कार्तिक २, काठमाडौ । नेपालमा यतिखेत आईसीयू र भेन्टिलेटरमा उपचार गराउनु पर्ने संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । शनिबार सम्म देशभर २ सय ९० जना आईसीयू र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश अनुसार आईसीयूमा उपचार गराउने मध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ५२, प्रदेश १ मा ३४, प्रदेश २ मा १३, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५३, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा ९ जना संक्रमित छन् ।

प्रदेश १ मा ९, प्रदेश २ मा १, बाग्मती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

केही दिनअघिको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जोखिम अवस्थामा मात्रै अस्पताल जान आग्रह गरेका थिए । कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला केही सातायता ह्वात्तै बढेको छ । शनिबार देशभर ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख २९ हजार ३ सय चार पुगेको छ ।

देशभर संक्रमण मुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कुन प्रदेशमा आईसियु र भेन्टिलेटरमा कति संक्रमित..." A few seconds ago

सम्बन्धित खवर