कि.रा.या. बेलबारीको दोस्रो नगर अधिवेशन सम्पन – Satabdi News

कि.रा.या. बेलबारीको दोस्रो नगर अधिवेशन सम्पन

असोज ३०, बेलबारी । राईहरुको छाता संगठन किरात राई यायोक्खा बेलबारी नगर कार्य समितिको दोश्रो अधिवेशन सम्पन्न भएको छ । किरात राई बेलबारी साकेला थानमा भएको उक्त कार्यक्रम बेलबारी नगर भित्रका किराँत राईको उपस्थिति रहेका छन् ।

कार्यक्रम प्रमुख अतिथि किराँत राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक युम्फु राईले अधिवेशनबाट आउने नयाँ  कार्य समितिलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले, “राई जातिको पहिचान र अस्तित्वका निम्ति सबै राई जातिले एक ढिक्का हुनपर्नेमा विषेश जोड दिदै अब आउदै गरेको राष्ट्रिय जनगणना २०७८ मा किराँत राईहरुले जातमा राई, धर्ममा किराँत र भाषामा आफ्नो मात्रृभाषा लेख्न विशेष आग्रह गरेका छन् । १ नं प्रदेशको नामाकरण अहिले सम्म नभएकोले गर्दा पहिचानका आधारमा किराँत प्रदेश बनाउनका निम्ति सबै लाग्नु पर्ने बताएका छन् ।”

यस्तै विशेष अतिथिमा किराँत राई यायोक्खा जिल्ला अध्यक्ष नरहाङ राई, जिल्ला सदस्य अकिलमान राई साथै अतिथिमा पुर्व नगर अध्यक्ष कृष्ण बहादुर राई, किराँत याक्थुङ चुम्लुङ बेलबारी अध्यक्ष चन्द्र लिम्बु, नगर सल्लाहकार ललित राई, किराँत खालिङ राई उत्थान संघ सुनसरी मोरङ अध्यक्ष पर्वत खालिङ राई लगायतको उपस्थिति रहेको हो ।

कार्यक्रममा नगर अध्यक्ष जितुमान राईले प्रगति प्रतिवेदन पेश गरेका थिए भने सचिव चन्द्रप्रकाश राईले संस्थागत अवस्था तथा भावी निति कार्यक्रम प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी प्रसाद राईले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कि.रा.या. बेलबारीको दोस्रो नगर अधिवेशन सम्पन" A few seconds ago

सम्बन्धित खवर