पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमण पुष्टि, ३५६४ जना डिस्चार्ज – Satabdi News

पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमण पुष्टि, ३५६४ जना डिस्चार्ज

असोज २९, काठमाडौ । पछिल्लो २४ घण्टाको अवधिमा थप ३७४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ । १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् भने २४ हजार १ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ५ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ४ हजार ८ सय २५ जना क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमण पुष्टि, ३..." A few seconds ago

सम्बन्धित खवर