मेरो जरा भनेको हिन्दू सनातन हो – Satabdi News

मेरो जरा भनेको हिन्दू सनातन हो

भीम उपाध्याय

म धार्मिक मानिस नै होईन, म पुजापाठ गर्ने कर्मकाण्डीय घर परिवारमा हुर्केको हैन। मैले संस्कृत पढिनँ, २०२७ सालमा नयॉ शिक्षा लागू भएपछि संस्कृत विषय ऐच्छिक बन्यो। संस्कृतको ठाउँमा मैले गणित पढेँ, किनकि म ईन्जिनियर बन्न चाहन्थेँ। र छात्रबृति पाएर विदेशमा पढ्न गएँ । ईन्जिनियर बनेर स्वदेश फर्के । आजसम्म यही स्वदेशमा जिवन विताउदै छु ।

तर मेरो जरा भने हिन्दू समातनी हो । मातृभाषा नेपाली हो, जसरी अरू सबैको मातृभाषा हुन्छ । नेपाली लगायत नेपालका सबैजसो भाषाको जननी संस्कृत भाषा हो, अर्थात यो हजुरआमा भाषा हो ।
कुनै धर्म परम्परामा चॉसो नभएकोले होला म त सर्वधर्मी बन्दै गएँ । अध्यात्म र धर्म फरक हुन्। अध्यात्म मेरो पक्ष हो । संस्कृतमा भनिने धर्म र विदेशले भन्ने रिलिजनमा (‘धर्म’) आनका तान फरक छ।

मेरो पहिचानको जरालाई अरूले मलजल हाल्दिने होईनन्। मेरो पहिचानका लागि मेरो जरामा मैले मलजल नगरे कसरी फल लाग्छ र ? अरूले आआफ्नोलाई मलजल गरेकै छन्, गर्छन् । नेपाली समाज जराबिहीन धर्मान्ध नबनोस् भनेर लेखेर सचेतना जगाईरहेको हुन्छु । राम्रा उर्जाकृत चर्च, मस्जिद, गुरूद्वार, गुम्बा जहॉ जहॉ भेट्छु दर्शन गर्छु, एकछिन मेडिटेट गर्छु । नेपालका रैथाने सबै अध्यात्मिक पक्षहरूको खोज गरेर नेपाल समृद्ध आध्यात्मिक एव अनुकरणीय धार्मिक मुलुक बनाउनु पर्छ र हाम्रो पहिचानको जगेर्ना गर्न जरालाई सिँचाई गरिरहनु पर्छ भनेर म ब्यक्तिगत ढंगमा, सांगठनिक हैन, अलिअलि लाग्ने गरेको हो ।

मेरो योगदानले त के नै पो परिवर्तन गर्ला र, तर यहॉका युवाहरू जागरूक भए भने यो देश स्वर्ग बन्नेछ । मन शान्त, समाजमा शान्ति, र जिवनयापनमा स्वतन्त्रता सुनिश्चित गरिनुपर्छ । जरा सुकेर नेपालको पहिचान नमेटिओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मेरो जरा भनेको हिन्दू सनातन हो" A few seconds ago

सम्बन्धित खवर