बेलचौरीका मुसहर परिवारलाई जनता आवास अन्तर्गत घर हस्तान्तरण – Satabdi News

बेलचौरीका मुसहर परिवारलाई जनता आवास अन्तर्गत घर हस्तान्तरण

केराबारी । केराबारी गाउपालीका वडा नं ९ बेलचारीमा जनता आवास हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बिच गाउपालीकाले अति विपन्न परीवारका लागि बनाएको जनता आवास हस्तान्तरण गरीएको हो ।

वडा नं ९ मा जम्मा २० वटा आवास निर्माण गरीएकोमा मंगलबार बेलचौरीमा जनता आवास कार्यक्रमलाई सफल बनाउन निकै अघिबाट नै लागि परेका प्रदेश सांसद उपेन्द्र घिमिरेले १६ वटा घर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा केराबारी गाउपालीका उपाध्यक्ष शान्ति कुमारी भुजेल, वडा नं ९ का वडा अध्यक्ष भुपतेन्द्र प्रताप मल्ल वडा नं १० का अध्यक्ष जंगराज भुजेल लगायतको उपस्थीति रहेको थियो ।

दैनिक जीवन नै कष्टप्रद हुने र बस्ननै समस्यामा परेकाहरुका लागि सानो तर स्तरीय घर बनाउन सकेकोमा ९ नं वडा का अध्यक्ष भुपतेन्द्र मल्ल खुसी छन् र यस अभियानमा सहयोग गर्ने सबैलाई उनले कार्यक्रमबाट नै धन्यवाद ज्ञापन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलचौरीका मुसहर परिवारलाई जनता आवास अन्तर्गत घर..." A few seconds ago

सम्बन्धित खवर