जागौ विराटनगर अभियानले डा.केसीका माग प्रति ऐक्यबद्धता जनाउदै – Satabdi News

जागौ विराटनगर अभियानले डा.केसीका माग प्रति ऐक्यबद्धता जनाउदै

असोज २०, विराटनगर । स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति १९ औ पटक अनसनरत डा. गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउदै जागौ विराटनगर अभियानले प्रदर्शन गरेका छन् ।

विराटनगरको ट्राफिक चोकमा भएको विरोध प्रदर्शनमा धेरैको संख्यामा डा.केसीका समर्थकहरु सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका थिए । दिउसो करिब ३ बजेबाट सुरु भएको प्रदर्शनमा डा. केसीका माग सरकारले तत्काल सुनुवाई नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रदर्शनकारीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारले कुनै चासो नदिएको र २३ औ दिन हुदा सम्म पनि कुनै बार्ता वा छलफल नगरेको भन्दै तत्काल सम्बोधन गर्नु पर्ने प्रदर्शनका एक अभियान्ता कमल पोखरेलले बताएका छन् ।

तस्वीर हेर्नुहोस:-


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जागौ विराटनगर अभियानले डा.केसीका माग प्रति ऐक्य..." A few seconds ago

सम्बन्धित खवर