एकपटक पाँच शिशुकाे जन्म, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल – Satabdi News

एकपटक पाँच शिशुकाे जन्म, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल

असोज २०, काठमाडौ । थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन् । सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्।

५ मध्ये चार शिशु जिवितै रहेको र एक शिशुको जन्म हुनु अघि नै मृत्यु भइसकेको थियो। अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको हो।

शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन रहेका थिए भने, एनेस्थेसियामा डा. मुकेश कुमारले नेतृत्व गरेका थिए। त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेरिरहेकी छन्।

शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई एन आइसियु अब्जर्भेसनका लागि राखिएको छ। उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ।

४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ । अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ। प्रसुति गृहमा नियमित गर्भ जाँच गराइरहेकी तामाङको तीन साताअघि भिडियो एक्सरे गर्दा एक बच्चाको गर्भमै मृत्यु भएको थाहा भएको थियो।

सो बच्चा मृत्यु भएको थाहा पाएपछि चिकित्सकले अस्पतालमा नै राखेर उपचार गरिरहेको डा. सुवेदीले बताए । एकै महिलाले एकै पटकमा ५ बच्चा जन्माएको दुर्लभ केस मानिन्छ ।

नेपालमा चार जनासम्म जन्माइएको धेरै रेकर्ड रहे पनि पाँचवटा बच्चा एकैपटक जन्मिनु निकै दुर्लभ रहेको उनको भनाइ छ। सुवेदीले यसबारे आफ्नो सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एकपटक पाँच शिशुकाे जन्म, परोपकार प्रसुति तथा स्..." A few seconds ago

सम्बन्धित खवर