डा गोबिन्द के.सीको जीवन रक्षार्थ र सम्झना बिकको हत्यारालाई कारबाहीको मागमा जुटे बिराटनगरको युवा – Satabdi News

डा गोबिन्द के.सीको जीवन रक्षार्थ र सम्झना बिकको हत्यारालाई कारबाहीको मागमा जुटे बिराटनगरको युवा

असोज १४, बिराटनगर । डा गोबिन्द के.सीको जीवन रक्षार्थ र सम्झना बिकको हत्यारालाई कारबाहीको माग गर्दै “जागौ बिराटनगर अभियान” स्वतन्त्र युवाहरुको समुहको आयोजनमा कार्यक्रम सम्पन्न भएको छ ।

बिद्द्मान देशमा सरकारले जनता प्रतिको बिश्वास र कानुन प्रतिको अबहेलनाको आक्रोश सबै तिरबाट भईरहेको अबस्थामा बिराटनगरका स्वतन्त्र युवा समुहको बिरोध र्याली कार्यक्रम गरेका छ्न । जागौ बिराटनगर अभियानको संयोजक बिपुल झा भन्छन “यो कुनै राजनीतिक पार्टीको कार्यक्रम नभई स्वतन्त्र रुपमा न्यायको पक्षमा उभिएको बिराटनगरको युवाहरुको जमात हो । यो जमातले सधै न्यायको पक्षमा बोल्छ । डा के.सी र सम्झाना बि.क माथी बलात्कार पछि हत्याको घटनाको बिषय निकम्मा सरकारले कुनै ठोस निर्णय गर्न नसकेकोले यो अभियान गरेको बताए ।”

अभियानमा कमल पोखरेल, राकेश कर्ण, सम्मी मल्लिक, पेशल यादब, अरबिन्द झाको सहभागी थिए । कार्यक्रम संचालक किमि मलिकले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "डा गोबिन्द के.सीको जीवन रक्षार्थ र सम्झना बिकको..." A few seconds ago

सम्बन्धित खवर