लागु औषधी सहित दुईजना पक्राउ – Satabdi News

लागु औषधी सहित दुईजना पक्राउ

असोज ०४, झापा । झापाको गौरदह नगरपालिका -९ स्तिथ बैगुनधुराबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह-३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन ।

प्रहरी चौकी महाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात उनिहरु माथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लागु औषधी सहित दुईजना पक्राउ" A few seconds ago

सम्बन्धित खवर