जनकपुरमा संविधान दिवसको विरोध गर्दै युवाहरु – Satabdi News

जनकपुरमा संविधान दिवसको विरोध गर्दै युवाहरु

असोज ३, जनकपुरधाम । जनकपुरधाममा संविधान दिवस र कालो दिवस दुवै मनाइएको छ । केही युवाले संविधान दिवस मनाएका छन् भने केही युवा कालो दिवस मनाउँदै  संविधान संशोधन गर्नुपर्ने भन्दै संविधान धारा जलाएका छन् ।

जनकपुरधाममा यान (युथ एशोसिएसन अफ नेपाल) तथा टिएमएनसीका युवाहरुले जनक चोकमा संविधानको विरोध गर्दै संविधान संशोधन गर्नुपर्ने धारा उपधारालाई जलाएको यानका अध्यक्ष राहुल यादवले बताए । आजको दिनमै मधेश अन्दोलन र मधेशी जनताको सहादतले आन्तरिम संविधान २०६३मा सुनिस्चित गराएको हक अधिकारलाई बन्दुकको बलमा बिरगंजमा बलराम पटेलको हात्या गर्दै सम्पुर्ण देशमा दिपावली मनाउने उर्दि जारी गर्दै सम्बिधानलाई सन्स्थागत गरिएको थियो । तसर्थ मधेशीको खुनले लेखिएको संविधानलाई सस्थागत नभए सम्म मधेशी समुदायको लागि कालो दिन नै रहने राजु कुमार महतोले गराएको छन् । यता धनुषामा केही सबैला नगरपालिकामा स्थानीयहरुले संविधान दिवसको विरोध गर्दै संविधान जनाउनै लाग्दा प्रहरीले लाठी चार्ज गरेको छ । ईलाका प्रहरी कार्यालय सबैलाको थुना भित्रै केही महिना अगाडी ज्यान गुमाएका शम्भु सदाको आमाको नेतृत्वमा स्थानीयहरुले संविधान जलाउन खोजेपछि प्रहरीले लाठी चार्ज गरेको स्थानीय शम्भु पण्डितले बताए । स्थानीयहरुलाई संविधान जलाउनेहरुलाई रोक्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको  ईलाका प्रहरी कार्यालय सबैलाका ईन्चार्ज प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनकपुरमा संविधान दिवसको विरोध गर्दै युवाहरु" A few seconds ago

सम्बन्धित खवर