उज्यालो नेपालका महानायक कुलमान घिसिङका बिरोधीहरुलाई मेरो प्रश्न तथा सुझावहरु ! – Satabdi News

उज्यालो नेपालका महानायक कुलमान घिसिङका बिरोधीहरुलाई मेरो प्रश्न तथा सुझावहरु !

चम्पक किराती कोइँच

गत भदौ २०७३ को अन्तिम सातामा चार वर्षे कार्यकालको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति हुनु भएको थियो । उहाँले ४ वर्षे कार्यकाल पूरा गरी २०७७ भदौ ३० गतेबाट बिदाई भैसक्नु भएको छ । उहाँको बिदाई कार्यक्रममा प्रधानमन्त्री, उर्जामन्त्री उपस्थिति भएनन् भने प्राधिकरणको कर्मचारीहरुबाट एक सामान्य कार्यक्रम मार्फत बिदाई गरेका थिए । ताकी उहाँको इमान्दारिता, कार्य कुशलताले जनस्तरमा जुन खालको क्रेज, प्रसंशा, अपार माया र समर्थन पाउनु भएको छ त्यो अनुरुप सरकारी संमान तथा बिदाई भव्य हुन नसकेको आम जनताको ठम्याइ छ । यद्यपि उहाँको इमान्दारीता, कार्य कुशलता र प्रशासकीय सक्षम नेतृत्व देखेर पुनः निरंतरता दिनुपर्छ भनेर बिदाई नहुदै देखि समाजिक संजाल, सडक जताततैबाट सरकारलाई जनदबाब आइरहेको छ । तर वर्तमान प्रधानमन्त्री केपि ओलीका प्रेश सल्लाहकार सुर्य थापा, कुलमान भन्दा अगाडिका प्राधिकरण निर्देशक मुकेश काफ्ले र पूर्व उर्जामन्त्री राधा ज्ञवाली आदिले कुलमान घिसिङको बिरोध गरिरहेको देखिन्छ ।

यस सन्दर्भमा कुलमान घिसिङलाई जतिले विभिन्न क्षेत्र, माध्यमबाट साथ, समर्थन गर्नु भएको छ । उहाँहरुप्रति हार्दिक ऐक्यबद्धता र सम्मान प्रकट गर्दछु भने घिसिङको विरुद्धमा अभिव्यक्ति दिने , देश र जनतालाई सधैं अन्धकारमा राख्न चाहने, देश र जनताको भलो प्रगती, बिकास नचाहने यथास्थितिवादी, प्रतिगमनकारी, पस्चगामी, कमिसनखोरी, पुजिवादी दलाल , भ्रष्टचारी ,भ्रामक, सडेन्त्रकारी अन्धोभक्तहरुप्रति प्रतिवाद गर्नैपर्छ । किन सधैं नेपाल आमाको सच्चा, असली सपुतहरुले रुनु र बहिस्करणमा पर्नु परेको ? किन विदेशी ऋणको भार बढिरहेको छ ? यसको जवाफ दिने कोहि छन् ? यसो भनिरहदा मैले आफूलाई सर्वस्व र विज्ञ विल्कुल ठानेको होइन र ठान्दिन पनि । तर एक सच्चा राष्ट्रप्रेमी भूमिपुत्र युवा नागरिकको हैसियतले गलत पात्र, खराव प्रवृत्ति सबैखाले अन्याय र भेदभाव विरुद्ध कहिल्यै झुक्ने कायरता नराखी सत्य र न्यायको पक्षमा आवज बुलन्द गर्दै समृद्ध नेपाल निर्माणका लागि जबसम्म मेरो सास रहन्छ तबसम्म अनवरत संघर्ष गर्न सङ्कल्प प्रण गर्दछु ।

देशको असली हिरा, कुशल प्रशासक, उज्यालो नेपालका महानायक कुलमान घिसिङका बिरोधीहरुलाई केही प्रश्न तथा सुझावहरु :

नालायक भ्रष्ट नेताहरु पटकपटक मन्त्री, सांसद हुन पाउने अनि देशलाई उज्यालो बनाउने कुशल प्रशासक कुलमान घिसिङलाई लाई पुनः निरन्तरता वा राज्यको उच्च ओहदामा किन नियुक्ति नपाउने ? चुनाव हारेकाहरुलाई राष्ट्रिय सभा सदस्य बनाउन मिल्ने अनि अन्धकारमय १८ घण्टा लोडसेडिङ हटाएर वार्षिक ९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई २०७६/७७ को आर्थिक बर्षमा मात्र ११ अर्ब ४ करोड नाफा दिलाउदै ३ करोड जनताको मन जित्न सफल कुलमान घिसिङलाई किन राज्यको उच्च ओहदामा नियुक्ति नहुने ? नेपालमा दैनिक १८ घण्टा लोडसेडिङ, नेपाल विद्युत प्राधिकरणको वार्षिक ९ अर्ब घाटा कुन कार्यकारी निर्देशकको पालामा भयो ? नेपालमा दैनिक १८ घण्टा लोडसेडिङ मुक्त गरी अन्धकारमा रहेको नेपालीलाई उज्यालो प्रदान गर्ने कार्यकारी निर्देशक को हो ? विद्युत प्राधिकरणको वार्षिक वार्षिक ९ अर्ब घाटा पूर्ति गरी ११ अर्ब नाफामा पुर्याउने कुन कार्यकारी निर्देशक हो ?

कोरोना महामारी, लकडाउन पीडित जनताहरु सडकमा रुदै थाल थाप्दा नेपाल सरकार के हेरेको बसेको छ ? लकडाउन, निषेधाज्ञा मात्र लागू गर्ने अनि मजदुर, गरिब , विपन्न जनताको लागि उचित राहत तथा सुरक्षा व्यवस्था गर्नु पर्छ कि पर्दैन ? जनताहरु रोगले भन्दा भोकले मर्ने स्थिति भएको छ भने धादिङका सुर्यबहादुर तामाङ जस्ता मजदुर भोकै सडकमा मृत्यु भए । लामो दुरीको सवारीसाधन चलाउने निर्णय भएअनुसार काठमाडौं लगायत देशका सहरी भेगमा बस्ने लाखौं जनताहरु घरभाडा तिर्न सक्ने अवस्था छैन । घरभाडाको विषयलाई लिएर घरपेटी र भाडामा बस्ने नागरिकबिच सुमधुर सम्बन्ध आपसी सद्भभाव कायम गर्न सरकार पक्षबाट के निर्णय भएको छ ?

बिकासको नाममा राष्ट्रघाती असमान सन्धिसम्झौता गरेर नेपालको कोसी, गण्डक , महाकाली बेच्नेहरु को-को हुन् ? नेकपा डबलका महासचिव विष्णु पौडेल त्यत्रो बालुवाटार सरकारी जग्गा प्रकरणमा मुछिदा किन चुइक बोल्न सक्नु भएन ? के तपाईकोहरुको राजनैतिक भविस्य सकिने चिन्ता हो ? ३३ किलो सुन काण्ड कहाँ पुग्यो ? निर्मला पन्त हत्या कान्ड कहाँ पुग्यो ? निर्मला जस्ता सयौं बलात्कार हत्या पीडित छोरी चेलीहरुको न्यायको पक्षमा किन नबोलेको ? वाइड बडी कान्ड कहाँ पुग्यो ? किर्ते प्रकरणमा मुछिएका नवराज शिलवाललाई सरकारले के सजाय दियो ? दिनहुुँ जसो बलात्कार, हत्या हिंसा बढिरहदा के हेर्दै हुनुहुन्छ ? तपाईको पार्टीका नेताहरुलाई दुई दर्जनौं बढी सुरक्षा गार्ड चाहिदा गरिब निर्दोष निमुखा जनतालाई सुरक्षा चाहिन्छ कि चाहिँदैन ? कि ठूलो बडाहरुको मात्र जनधनमा राज्यको सुरक्षा र मानवअधिकार हुन्छ ? ओम्नी यति काण्ड , कम्युनिस्ट सरकारका तत्कालीन प्रवक्ता गोकुल बास्कोटा ७० करोड काण्ड कहाँ पुग्यो ? कि ठूलोलाई चैन सानालाई मात्र ऐन हो ?

यदि तपाई हामी सच्चा नेपाल आमाको असली स्वाभिमानी, देशभक्त तथा राष्ट्रप्रेमी, बिकासप्रेमी सपूत र सत्य र न्यायको पक्षमा हुनुहुन्छ भने कम्युनिस्ट, काङ्ग्रेस, जनता समाजवादी जोसुकैले माथि उल्लेखित सन्दर्भमा बोल्ने प्रयत्न गरौं । होईन भने निती, सिद्धान्त एकातिर सत्ता, पद, कुर्सी , अवसर, राज्यस्रोतको दुरुपयोग अर्कोतिर देश कंगाल बनाउने राजनीतिको नाममा लाजनिती बन्द गरौं । यसो गर्दा बरु सबैको कल्याण हुन्छ ।

कुलमान घिसिङ जस्तो स्वच्छ, सक्षम र राष्ट्रप्रति समर्पित कर्मचारी तथा बिकासप्रेमी, परिवर्तनकारी व्यक्तित्वलाई अनेक लान्छना लगाएर अपमानित तथा चरित्र हत्या गर्न खोज्नेहरु नेपालको समृद्धि नचाहने , देश र जनतालाई सधैं अन्धकारमा राख्न चाहाने भ्रष्टचारी र चोरहरुका समर्थक हुन् । प्रष्ट भन्नुपर्दा जाली, झेली, सडेन्त्रकारी, पश्चगामी, प्रतिगमनकारी, भ्रष्टाचारी,कमिसनखोर पुजीवादी दलाल माफिया एकाधिकारका झोलेहरु हुन् । कुलमान घिसिङ देशको हिरा हुन् । उनलाई अपमानित तथा चरित्र हत्या गर्न खोज्नेहरु देश द्रोही हुन् । ताकी आफू कुनै राजनैतिक दल(पार्टी)मा भयो भन्दैमा आफ्नो नेता तथा कार्यकर्ताहरुको खराब प्रवृत्ति, कुकर्म र राष्ट्रघाती देश बेचुवाहरुलाई जोगाउने, चुइक बोल्न नसक्नेले कपोल्कल्पित भ्रामक झुटो कुरा गरेर कुलमान घिसिङप्रति अपमानित अभिव्यक्ति दिदै हिड्नु कतिको न्यायसंगत छ ?

नेपालको सन्दर्भमा सदियौ बर्षदेखि आम उत्पीडित समुदाय, लिङ्ग, श्रमजीवी वर्गमाथि जाल, झेल, सडेन्त्र गरी सर्वसत्तावाद लाद्ने अनि देश लुट्ने र खोक्रो राष्ट्रवादको नारा घन्काउदै उर्जाशिल युवा शक्ति बिदेश पलायन गर्ने यिनै आफुलाई माहान र सर्वस्व ठान्ने ठुला भनाउदा पस्चगामी राजनैतिक दलहरुनिकट अन्धोभक्त, झोलेहरुले गर्दा नेपाल कहिल्यै उभो लाग्न नसकेको नकार्न सकिन्न ।

अझै जाल, झेल, असिमित मिठो सपनाहरू र आश देखाउदै भोटर समर्थक बनाउदै राज गर्न तम्तयार छन् । अझै हामी कति दिन अरुको जाल झेल, चिप्लो, चाप्लो, गुलियो भ्रामक कुरामा भुल्छौ ? यदि सक्छौ भने राष्ट्रको महानायक हिरा कुलमान घिसिङ जस्ता महापुरुषलाई साथ दिऔं नत्र एकात्मकवादी, भ्रष्टचारी, पुजीवादी दलाल माफिया, राष्ट्रघाती, पश्चगामी, नालायक सर्बसत्तावादीको झोले, अरौटे, भरौटे, चम्चे हुँदैमा देशले मुहार फेर्नेवाला छैन हेक्का रहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उज्यालो नेपालका महानायक कुलमान घिसिङका बिरोधीहर..." A few seconds ago

सम्बन्धित खवर