कोभिड— १९ , लकडाउन र बालबालिका – Satabdi News

कोभिड— १९ , लकडाउन र बालबालिका

कृपा (पवन) कुवर

कोभिड—१९ को महामारी र यसको जोखिमबाट बच्न बिश्वका धेरै देशहरुले महिनौ अघि देखि लकडाउन गरेका छन् । लामो समय सम्म लकडाउन भैरहदा बालबालिकामा सबैभन्दा बढी असर परिरहेको छ । आज लाखौलाख बालबालिकाहरु ६ महिना देखि घर भित्रै सिमित हुदा प्रत्यक्ष रुपमा उनिहरुको शिक्षामा असर गरेको छ ।

कोरोना भाइरसको महामारीको कारण बालबालिकामा जोखिम बढ्ने डर फेरि अर्को तिर बिद्यालय पूर्ण बन्द हुदा भविष्यका कर्णधार बालबालिका शिक्षा अन्यौल ग्रस्त हुने डर । केहि स्कुलले अनलाइन पठनपाठन सुचारु गरेपनि सबै बालबालिकाको त्यसमा सहज पहुच देखिदैन । साथै यो बिचको समयमा बालबालिका आफ्ना अभिभावकसगै कोरोना कहरको विरुद्ध जिवन रक्षाको लडाइमा कोहि शहरको कोठा र कोहि भाडाको घर छोडि पुखौलि घर गएका छन् । कोहि दैनिकी जीउनका निम्ति सघर्ष गदै छन् । त्यसमा श्रमिक, ज्यालादारी, निम्नि आय भएका अभिभावका सन्तानलाई अझ मार परेको देखिन्छ । कति बालबालिका घरको कोठा भित्रै सिमित छन । जसले गर्दा उनीहरु अन्य सृजनशील काममा प्रत्यक्ष सहभागि हुन पाईरहेका पनि छैन्न् । भने कतिपय बालबालिका सामाजिक सञ्जाल –(फेसबुक, भाईबर म्यासेन्जर आदि) को प्रयोग बढि गरेका कारण डिजिटल दृव्यसनीमा फस्न सक्ने जोखिम बढेको छ ।

केहि स्कुलहरुले अनलाइन कक्षा संञ्चालन गरेता पनि त्यसमा सबै विद्यार्थिको खासै पहुंचमा हुन सकिरहेको देखिदैन । पहुँचमा भएका विद्याथीहरुले पनि अनलाइन कक्षा खासै रुचाएको पाइदैन । प्रायः बालबालिकाहरु कहिले स्कूल खुल्ला अनी साथीहरु संगै बसेर पढौला भन्ने मानसिकता रहेको पाइन्छ । जसले गर्दा अनलाइ कक्षालाई हात्तीको देखाउने दात सरह भएको छ ।

राष्ट्रिय बाल दिवस २०७७ भदै २९ को लागि मूल नारा “विपदमा बाल अधिकारको सूनिश्रिच्तताः हामी सबैको साझा प्रतिबद्घता” तय गरिएको छ । यसलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेरिने हो भने बाल दिवस हरेक समाजमा हरेक दिन मनाईनु पर्दछ । यो विपदको समयमा कतिपय बालबालिकाले अभिभावक गुमाएका छन। यो सक्ङ्कटले निराशा, दिक्दारी, चिन्तित, अलमल्ल, डराउनु वा रिस उठ्नु, स्थिर हुन नसक्नु जस्ता समस्या सृजित गरेका छन् ।
बाल अधिकारको कुरा गर्ने हो भने नेपालको संविधानले बालबालिकाको हकलाई मैलिक हकको रुपमा भाग ३, धारा ३९ व्यथवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिता जस्ता विषयहरु समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ। नेपालले पनि संयुक्त राष्ट्र संघीय बालअधिकार सम्बन्धी महासन्धि तथा अन्य बालअधिकार सम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यन्वयन गदै आएको छ ।

बलबालिकाका चुनौती पन्ध्रौ योजना (आधारपत्र)मा भएको व्यवस्था अनुसार विज्ञान र प्रविधिको विकास, शहरीकरण, विकसित विश्वव्यापी मूल्य मान्यता र बदलिदो परिस्थितिलाई मध्यनजर गर्दै बाल अधिकारको संरक्षण र प्रवद्र्धन प्रभावकारी रुपमा गर्नु पर्छ । शिक्षा, स्वास्थय, मनोरञ्जन, बालसहभागिता र बालमैत्री वातावरणको विकास गर्दै संकट र जोखिममा परेका सबै बालबालिकाको संरक्षण गर्नु, बालविवाहा, बालश्रम, हत्या, अपहरण, बालहिंसा, बलात्कार जस्ता घटनाको अन्त्य गर्नु र असहाय, असक्त, बाबु–आमाविहिन, जोखिममा परेका, सडक बालबालिका एवंम् कुनै पनि वहानामा बालअधिकारबाट वञ्चित बालबालिकाको उचित संरक्षण र व्यवस्थापन गरी उनीहरुको भविष्य सुनिश्चित गर्नु पर्ने उल्लेख गरेको छ ।

त्यस्तै बलबालिकाका अवसर पन्ध्रौ योजना( आधार पत्र)मा भएको व्यवस्था अनुसार संविधाले बालबालिकाको हकलाई मौलिक हकको रुपमा प्रत्याभूत गर्नु, संघीय संरचना अनुसार बालबालिका सम्बन्धी कानून, नीति, योजना, कार्यक्रम तथा संस्थागत संयन्त्र स्थानिय तहदेखि संघसम्म स्थापना तथा सञ्चालन हुदै जानु, दिगो विकास लक्ष्यमा बालबालिका सम्बन्धी विषयहरु समावेश हुनु, बालबालिका सम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा आउनु, राज्यबाट बालबालिकाको शिक्षा र स्वाथ्यमा विशेष जोड दिइनु, बालबालिकाको संरक्षण सम्बन्धी विषय तीन तहको सरकारको अधिकार क्षेत्रभित्र पर्नु, सरकार, संघ संस्था र नागरिक समाजबीच समन्वय, सहयोग, सहजिकरण, सहकार्यमा अभिवृद्धि हुनु र बाल अधिकारको संरक्षण तथा प्रवद्र्धनको सवालमा सरोकार वालाहरुमा सचेतना र सहकार्य वृद्धिमा जोड दिएको पाइन्छ । तर यी कुराहरुमा सम्धित निकायहरुको ध्यान पुर्न सकिरहेको देखिदैन ।

बलबालिकाका चुनौतीको उचित समाधानका लागि नीतिगत, संस्थागत र प्रकृयागत प्रयासलाई सार्थक विन्दुमा पुयाई वास्तविक रुपमा जोखिमा परेका बालबालिकाको पहिचान गरी उनीहरुको पहुच सुनिश्चित गरिएका हकहरुको वास्तविक रुपमा कार्यान्वय गर्नु नितान्त जरुरी देखिन्छ। उनीहरुका समस्या केलाउदै अवासरलाई अझै अगाडी बढायमा नेपाल सरकारको “समृद्ध नेपाल, सुखि नेपाली”को अभियानलाई आभास गर्न सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोभिड— १९ , लकडाउन र बालबालिका" A few seconds ago

सम्बन्धित खवर