मलद्दार नभएको जन्म भएको बच्चाको मृत्यु, आमाको सहयोग गर्ने अभियानमा महोत्तरी युवा संजाल – Satabdi News

मलद्दार नभएको जन्म भएको बच्चाको मृत्यु, आमाको सहयोग गर्ने अभियानमा महोत्तरी युवा संजाल

राज कुमार महत्तो

भाद्र २७, महोत्तरी । बैगुनी भएपछि कस्को के नै लाग्छ भने झै महोत्तरी जिल्लाको गौशाला न.पा.६ फुलकाहामा बस्ने सुबरिता देवी साहको मलद्दार नभएको छोरा जन्मदा, बच्चाको मृत्यु भएको छ । भाद्र २२ गते जन्म भएको बच्चाको जन्मेको २ दिनपछी मुत्यु भएको थियो ।

महोत्तरी युवा संजालका युवाहरुले भाद्र २३ गते स्थलगत बच्चाको अवस्था हेर्न जादा बच्चाको अवस्था एकदम नाजुक र बच्चाको हात, खुट्टा अर्को जटिल समस्या मलद्वार नै नभएको देखे । त्यसपछी बच्चाको लागि केही गर्नु पर्छ भन्ने कार्ययोजनामा काम गर्न नपाउदै बच्चाको मृत्यु भएको खबरले दुःखित भएको कुरा महोत्तरी युवा संजालको अध्यक्षले बताए ।


महोत्तरी युवा संजालले बच्चाको लागी केही गर्न नसकेपनि आमाको लागि केही गरौं भन्ने अभियानमा गौशाला न.पा.९ भरतपुरमा पौष्टिक आहार प्रदान गरिएको छ । यो अभियानमा थप सहयोग गर्न चाहने सहयोगी मनले सम्पर्कको लागी सम्पर्क नम्बर: ९८१२१७०४६० धिरज शाह, ९८०७६६४८१० राजिब शाललाई सम्पर्क गर्न सक्नु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मलद्दार नभएको जन्म भएको बच्चाको मृत्यु, आमाको स..." A few seconds ago

सम्बन्धित खवर