गजल "राम्रै लाग्छ रे म उसलाई !" – Satabdi News

गजल “राम्रै लाग्छ रे म उसलाई !”

लक्ष्मी प्रसाद चँम्लागाई

 

 

 

 

के माग्न हो या कस्तो माग्न, मन्दिर धाएकी छौ !!
के को लागि हो या कस्को लागी, चिटिक्क भएकी छौ!!

देख्दिन थे सधै यती, सजिएकी त तिमी..
के झोक चल्यो रातै सारी, रातै टीका लाएकी छौ !!

राम्रै खबर मिल्यो या, सान्त्वना स्वरूप उपहार मिल्यो,
खाली खुट्टा बजार्दै माहोल, तताउन आएकी छौ !!

धेरै परिवर्तन भएछौ नी ? झुक्किएर मैले सोध्दा
सिधै बोल्न गारो मन्येउ, हल्का लजाएकी छौ !!

लागेनरे उसलाई त म, राम्रो छैनस भन्दै थि,
के फरक देखेउ उस्ले भन्दा, अनी मन पराएकी छौ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गजल “राम्रै लाग्छ रे म उसलाई !”" A few seconds ago

सम्बन्धित खवर