बुद्ध, विचार र महिला अधिकार – Satabdi News

बुद्ध, विचार र महिला अधिकार

नेत्र चापागाईं

परिबर्तन भनेको एउटा गतिशील प्रक्रिया हो, इतिहासको कालखण्डमा आगोको आबिस्कार गर्नु त्यो समय को सबै भन्दा ठूलो खोज थियो । त्यो समयको समाजलाई ठूलो परिवर्तन दिएको थियो । तर परिवर्तन का एजेन्डा उठाउदा स्थापित गर्ने सुरुवाती कालखण्डमा निकै कार्य हो । तर इतिहासको तितो यथार्थ हेर्ने हो भने परिबर्तन कसैले रोकेर रोकिदैन । समाजमा ढिलो चाडो स्थापित हुन्छ र त्यसले समाजमा बर्चस्व कायम गरि अगाडि बड्छ र फेरि थप, परिबर्तनको लागि खोज अनुसन्धानको नयाँ बाटो तय गरिहाल्छ ।

आज भन्दा झन्डै २५ सय २६ सय बर्ष अगाडी बर्तमान नेपाली भु-भागमा गौतम बुद्ध जन्मिए र आफ्नो समय काल सबै भन्दा उत्कृष्ट बिचार ल्याए जसले वरिपरिको भु-भाग मात्रै होइन बिश्वभरी आफ्नो बिचार, स्थापित गरे र आज पनि बिश्व परिबेशमा बुद्धको उचाइ उतिकै छ । इतिहास हेर्दा बुद्ध भन्दा पछाडी नेपाली भुमीबाट बिश्वब्यापी रुपमा आफ्नो सिद्धान्त बिचार लैजाने कोहि सिद्धान्तकार अथशास्त्री बैज्ञानिक जन्मिएको देखिदैन । यसरी अध्ययन गर्ने हो भने हाम्रो समाजमा २५ र २५ सय बर्स सम्म बिश्वलाई प्रभाव पार्न सक्ने बिचार निर्माण प्रकृया अबरुद्ध छ । यो एक प्रक्रियाले भन्ने हो भने बिचार निर्माण बन्ध्याकरण नै भएको छ । किन समाज मा ज्ञानको बन्ध्याकरण भयो बिचार निर्माणमा कहाँ चुक्यो समाज त्यस्तो उत्कृष्ट बिचार निर्माणको बाधक तत्व के हो । बुद्धले मुर्ती पुजा नगर्नु , मानिस मानिस बिच कुनै बिभेद कायम नगर्नु, समस्या छ, समस्याको निबारण पनि छ भन्ने सन्देश दिने बुद्धभुमीका हामीहरू तिनै बुद्ध को ठूलो मुर्ती कसले बनाउने, कसले धेरै मुर्तीको पुजा गर्ने, कसले अरु माथी विभिन्न शोषण गरेरै भए पनी आफु ठुलो देखिनु पर्ने होडबाजीमा हाम्रो समाज किन जकडिएर बसेको छ । २६ सय बर्ष सम्म पनि हामिलाइ मौलिक र उन्नत बिचार निर्माण गर्ने चेतनाको खडेरी किन पर्‍यो यो बैचारिक खडेरी को सिचाइ गर्ने बैचारिक नहर खन्न नयाँ पुस्ताले कस्तो संस्कृति, संस्कार र हुनु बनाउनु पर्दछ यो खोज र अनुसन्धानको बिषय पक्कै हुनुपर्दछ ।

नेपाली समाज मात्रै होइन सिङ्गो दक्षिण एसियाको समाज नै एउटा पुरुष प्रधान बंशजमा आधारित शासन प्रणाली हजार बर्स भन्दा पुरानो छ । बंशजको शासन टिकाउन पुरुस प्रधान समाजले महिलालाई दोस्रो दर्जाको नागरिक र पुरुषलाई सर्वपरी मान्यो, त्यो पुरुष प्रधान सत्ताले समाज पनि त्यही अनुसारको निर्णय गर्‍यो संस्कृति त्यस्तै स्थापित भयो कानुन त्यसरी नै निर्माण गर्‍यो दन्ड, पुरुस्कृत त्यस्तै तरिकाले बनायो, अर्थतन्त्रका आधार त्यसमा पहुच त्यसरी नै निर्माण भए कला साहित्य त्यसै गरि लेखियो । एक प्रकृतिले भन्ने हो भने महिलाको इतिहास नै मेटियो, महिलालाई केबल श्रीमानको सेवा गर्ने र बच्चा जन्माउने काममा मात्रै सिमित गरियो, नेपालमा पनि राजा, राणा, पञ्चायत बहुदल गणतन्त्रसम्म पनि त्यही जातिए पुरुष प्रधान शासन समय अनुसार आ–आफ्नो अनुकुल नीति नियम बनाएर यहि चलन चलिरहेको छ ।

बच्चा जन्माउनु महिलाको प्रकृतिप्रद्दत बरदान हो, अथवा महिला नभैकन मानव जगत नै अगाडि बड्न सक्दैन । बच्चाको पहिलो पाठशाला भनेको आमा नै हो । हाम्रो समाजले बच्चा जन्मिने बितिकै आमा, दिदी बहिनीलाई दोस्रो दर्जाको नागरिक बनाएको देख्छ, त्यही सिक्छ । घरमा बुबाले जे गरेपनि आमाले सहनु पर्ने, दिदी बहिनी कथित अनुशासनमा बस्नु पर्ने, दाजुभाईले जे गर्दा पनि समाजले पुरुस्कृत गर्ने सम्मान गर्ने समाजले बच्चालाई पनि यहि सिकाउछ । सम्पतीको हक पनि पुरुषको मात्रै हुने घरमा बाबू पछाडी सानो भए पनि छोरो नै चाहिने, अथवा अहिले पनि घर-घर मा नायबी प्रथा मुल ट्रेनको रुपमा कायम नै छ ।

यस्तो बिभेदकरी शासन माथि कोही कसैले अलिकति मात्रै विरुद्धमा लाग्यो भने पुरुषबादी सत्ता समाजले, धर्म संस्कृती रिति-रिवाज आड भरोसा लिएर राज्यका सबै अङ्गले एकसाथ आक्रमण गर्छन । यस्तो धर्मको आडमा चलेको बिभेदकारी शासनले दुधेबालक देखि नै बिभेद गर्न सिकाएको मात्रै होइन प्रोत्साहन नै गरेको छ । यसले बच्चा देखि नै आफुलाइ बहादुर, अरुलाई कायर, आफू संस्कारी अरु संस्कार नभएको, आफु सबै जान्ने अरु अज्ञानी भन्छ र कहिलेकहीँ कसैले सचेत बिरोध गर्‍यो भने धर्म संस्कार बिरोधीको उपमा दिएर निस्ते पार्ने प्रयत्न गर्छ । यसले आलोचनात्मक चेतको अन्त्य गर्छ, अहङ्कारी मानिसको निर्माण गर्छ जुन नेपाली समाजमा निरन्तर चलिरहेको छ ।

इतिहासमा फर्केर हेर्ने हो भने, धर्म जात, भित्रको कुरुती को आड भरोसा मा मठमन्दिर देखि सत्ता सम्म चलाएकाहरु महिलाहरुको सामान्य संघर्ष बाट तर्सिने र बर्बराउदै हारिरहेका छन, संघर्ष गर्ने हरु ले जित हासिल गरेर समानता कायम गरिरहेका छ्न ।

बि स १९७३ तिर भोजपुर जस्तो पहाडी बिकट ठाउँ मा जन्मिए पनि योगमायाले तत्कालीन राणा हरुले चलाएको पुरुष प्रधान समाज बिरुद्ध कडा र लोकतान्त्रिक आन्दोलन उठाएकी थिइन, महिलाले लेख्न पढन पाउनु पर्छ, महिला पुरुष समान हुनुपर्छ, सति प्रथा अन्त्य हुनुपर्छ भनेर अभियान चलाएर बस्तीलाई सचेत बनाउदा योग मायालाई यहि धर्मको आडमा चलेको पुरुष प्रधान समाजले जल समाधी लिन बाध्य बनाएको थियो ।

आज झन्डै १०० बर्ष पछाडी पनि हाम्रो समाजको गति उस्तै रयो, त्यही समनताको नारा लिदा योगमायाले जल समाधी लिन पर्‍यो, आज सोफिया थापाले त्यही शब्दमा समानता र कुरुती विरुद्धको आवाजलाई गीत मार्फत समाज सचेत बनाउन खोज्दा सोफियाको गीत युटुबबाट समाधि लिन पर्‍यो । यसको नियती पनि प्रष्ट  नै छ, योगमायालाई पनि धर्म र सस्कृती बिगार्न खोजेको आरोप लगाएर गिरफ्तार गरिएको थियो , सोफियालाई पनि त्यही धर्म र कुरुतीको कोराले बर्साइएको छ ।

घर-घरमा श्रीमानले देखि समाजमा हुने घरेलु हिंसाको त लेखा जोखा नै छैन । मन्दिर बाटो देखि सार्वजनिक यातायातसम्मको हिंसा त सहनु सामान्य कुरा जस्तो मान्दछ । यो समाज सुरक्षाको जिम्मा लिएको सरकार र न्याय दिने जिम्मा लिएको न्यालय पनि बैधानिक हिंसा खुलेआम मच्चाइरहेको छ, पञ्चायत कालमा नमिता सुनिता काण्डले पन्छे र राजाबादीको अनुहारमा ती अबोध बालिकाहरूको रगत पोतिएको थियो । बहुदल र गणतन्त्रले पनि निर्मला पन्तको शरीर र महिला स्वाबिमान लाई सर्पले भ्याकुता निले जसरी निल्यो ।

आफुलाई मन परेको एक तन्नेरीसंग बिवाह गरेर जिन्दगी बिताउने सपना देखेकी रुकुम सोतिकी एक युवतीको सपना भेरीको भेलमा प्रेमी र साथीहरु संगै बगेर गयो, काम परेर काठमाडौ आएकी एक युवतीको आध ढाड देखेको कम्तिमा एकहप्ता सामाजिक सन्जाल मा ट्रोल बनाएर बस्यो, श्रीमानलाई शिबजीको अवतार मानेर व्रत बसेर खुट्टाको जल खाने गोमा ढकाल रातिमा आफ्नै श्रीमान को हात बाट काटिनु पर्‍यो, यस्तो जघन्य अपराधलाई पनि राणाहरुको भारदारी सभा भन्दा नजिक भएर हाम्रो न्यायलयले अपराधीलाई बिजय नेता जसरी छुटाउने निर्णय गर्छ, र त्यसलाई बजार मा ताली बजाउदै सोफियाको गितले धर्म र सस्कृती बिगारेको भनेर धारेहात लगाउने हरुले, खुट्टाको जल खानु ठिक छ भन्नेहरु एकदिन हाम्रो लागि श्रीमतीहरु सति जानू पर्छ भनेर नभन्ला भन्न सकिँदैन, यस्तो कुरुती को जगमा बनेको हाम्रो समाज त्यही समाजबाट बनेका हाम्रा भाले बादी पाटी, यिनको एकाधिकारबाट चलेको अदालत संसद, संस्था, कानुनले, अहिले पनि समाजमा जन्मिएका योगमाय हरुलाइ समाधी जान बाध्य बनाएको छ र २५ सय बर्षसम्म बुद्धको जस्तै नयाँ चेतना निर्माण गर्न रोकिरहेको छ, यसको जगमा महिलाहरुले कहिले ढाडमा कहिले अनुहारमा कहिले गीत सङ्गीत त कहिले यौनअङ्गमा कुरुतीका कोर्रा खाइरहेका छ्न, समाजले कोर्रा बर्षारहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बुद्ध, विचार र महिला अधिकार" A few seconds ago

सम्बन्धित खवर