यस कारण नेपाल आइडल सिजन-३ बिजेता बन्दैछन किरण कुमार भुजेल – Satabdi News

यस कारण नेपाल आइडल सिजन-३ बिजेता बन्दैछन किरण कुमार भुजेल

काठमाडौ । AP1HD बाट प्रसारण भइरहेको नेपालकै एक ठुलो रियालिटी शो नेपाल आइडल फाइनल चरणमा प्रवेश गरीसकेको छ । फाइनलमा यस पटक किरण भुजेल, सज्जा चौलागाईँ र प्रविण वेदवाल प्रतिष्पर्धी रहेका छन ।

यी तीन प्रतिष्पर्धी मध्ये पछिल्ला चरणहरुमा बर्दिबासका किरण भुजेल अत्याधिक बढी भोट सहित टप(४ र फाइनल चरणमा प्रवेश गरेको र अबको बिजेता पनि पूर्णतः भोटिङ्गले नै निर्धारण गर्ने भएकोले धेरैले किरण भुजेल नै नेपाल आइडल सिजन-३ को विजेता बन्ने कुरा सामाजिक सञ्जालहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चा परिचर्चा चलिरहेको छ ।बर्दिबास,गडन्त गाँउको एक अति सामन्य परिवारमा जन्म लिएका किरण आफुलाई देशको एउटा गायकको रुपमा स्थापित गराई देश र समाजकै निम्ति योगदान दिने सपना सानै देखि देखेको कुरा आज पनि सम्झन्छन् ।

अभाव र गरीबीले मान्छेले देखेका सपनाहरु र गरेका दृढ संकल्पहरुलाई छेक्न सक्दैनन् भन्ने कुराको उदाहरण पनि हुन् किरण भुजेल । वि.स.२०६५ सालमा ३ हजार रुपैँया लिएर काठ्माण्डौँ छिरेका किरण कोठा भाँडा तिर्न,खाने ब्यवस्थापन गर्न र क्याम्पस आवतजावत गर्न पैसाको अभाव हुँदा काठमाण्डौँका गल्लीहरुमा गरेका संघर्ष सम्झन्छन । यस्ता संघर्षबाट आज नेपाल आइडलमार्फत पाएको प्लेटफर्मलाई हेर्दा आज पनि सामन्य ग्रामिण भेगबाट गायक बन्ने मात्र नभइ अरु नै पनि सपना बोकी काठमाण्डौँको गल्लीमा अभावको जिन्दगीमा संघर्षरत जो कोही युवाहरुका लागि किरण प्रेरणा बन्ने कुरा छर्लङ्गै छ ।

प्रत्येक मानिस संघर्षको गहिराईमा पुग्दा एकपटक हार स्विकार्ने अवस्थामा समेत पुग्न सक्ने र त्यसबेला मान्छे लक्ष्यबाट बिचलित हुनसक्ने अवस्थामा किरण पनि एकपटक आफुलाई लाखौँ नेपाली झैँ बैदेशिक रोजगारीमा जाने मनाशय बनाएको कुरा सम्झन्छन् ।उनले बैदेशिक रोजगारीमा जाँदा पाइने कठिनाईहरुको महसुस र नेपाली समाज परिवारको विवसता सम्झेर फाइनल प्रवेशका निम्ति “सुन साइँली“ बोलको गीत गाएको थिए । उक्त गितबाट देश विदेशबाट राम्रो प्रतिकृया पाएको र यसले भोटिङमा राम्रै प्रभाव पार्नेमा उनी विश्वस्त छन ।

जर्जहरुको सुन्दर प्रतिकृया, प्रत्येक प्रस्तुतीमा “रेस्पेक्ट“ टप प्रस्तुती दिइरहेका कारण पनि किरण यस आइडलको बिजेताको निम्ति पहिलो दाबेदार मानिन्छ । किरण भुजेल साथीभाई सबैसंग अती मिलनसार, दुखमा परेका जो कोही सबैलाई सहयोग गर्नुपर्छ भन्ने सहयोगीभाव भएको व्यक्तित्व भएको कुरा उनलाई नजिकबाट चिन्ने गायक तथा संगीतकार प्रेम घिमिरे बताउँछन ।

यस्ता गज्जव ब्यक्तित्वका धनी संगीत,गायन र मोडलिङमा पनि अब्बल किरण भुजेललाई भोट गरी बिजेता बनाउँन पनि उनी अपिल गर्छन ।उनलाई भोट गर्न NI03 टाइप गरेर 37 मा एसएमएस वा  16667703  डायल गर्न सकिन्छ । इ(सेवा र रेस्पेक्ट एपबाट पनि भोटिङ्ग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "यस कारण नेपाल आइडल सिजन-३ बिजेता बन्दैछन किरण क..." A few seconds ago

सम्बन्धित खवर