बार बर्ष पछि महिला फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक – Satabdi News

बार बर्ष पछि महिला फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक

भदौ ०१, पथरी । पथरी शनिश्चरे नगरपालिकामा भएको नगरस्तरीय महिला फुटबल प्रतियोगिताको सोमबार आयव्यय सार्वजनिक भएको छ ।

क्याम्पसको स्ववियु उपासभापति निता कुलुङ राईको संयोजकत्व समितिमा गठन गरी २०६५ पुस १४ देखि १८ सम्म तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणको चरणमा हुदा दुई संगठन मिलेर महिला फुटबल प्रतियोगिता गराएका थिए ।

संयोजक निता कुलुङ राईले पत्रकार सम्मेलन मार्फत फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फुटबल प्रतियोगिता सफलतापुर्वक ढंगले सम्पन्न भए पनि हिसाबकिताब गर्न कठिन भएकोले आयव्यय सार्वजनिक हुन नसकेको संयोजक निता कुलुङ राईले बताए ।

पथरीशनिश्चरे नगरपालिकाबाट ८० हजार, राष्ट्रिय खेलकुद परिषदबाट ७५ हजार, नगरपालिका विभिन्न वडाहरुबाट २५ हजार अन्य सहयोगिहरुबाट ५७ हजार पाँच सय गरेर दुई लाख ३७ हजार पाँच सय संकलन भएको संयोजक निता कुलुङ राई बताउँछन् । यता विभिन्न शीर्षकहरुमा २ लाख छ्यासि ८६ हजार खर्च भएको पनि बताएका छन् ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पथरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना महिला फुटबल प्रतियोगिताको भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बार बर्ष पछि महिला फुटवल प्रतियोगिताको आयव्यय स..." A few seconds ago

सम्बन्धित खवर