एलएल.बी. प्रथम बर्षको प्रकाशित परिक्षाफल सच्याउन संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण – Satabdi News

एलएल.बी. प्रथम बर्षको प्रकाशित परिक्षाफल सच्याउन संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण

श्रावण २०, काठमाडौ  ।नेपाल ल क्याम्पसमा आबद्ध रहेका क्रियाशील विद्यार्थी संगठनहरुले संयुक्त रुपमा एल.एल.बी. प्रथम बर्षको प्रकाशित परिक्षाफलमा आएको त्रुटिमाथि गम्भीर ध्यानाकर्षण गराएका छन

त्रि.वि. को कानुन संकाय अन्तगतको एल.एल. बी. प्रथम बर्षको श्रावण १६ गते परिक्षाफल प्रकाशित गरिएको थियो । त्रिभुवन बिश्वबिद्धालयले ढिला गरी प्रकाशित गरेको परिक्षाफलमा अनुपस्थितलाई उपस्थित र परिक्षामा सहभागी विद्यार्थीलाई अनुपस्थित गराई अनुतिर्ण गराएको भनी आम विद्यार्थीहरुबाट गुनासो आइरहेको छ भने अर्को तर्फ यस्तो नतिजाबाट विद्यार्थीहरुमा गम्भिर मानसिक एवं नकारात्मक असर परेको संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण गराईएको छ ।

तदअनुरुपका कदम र कार्य एवं लापरवाहीको क्षति न्युनिकरण गर्न र नतिजाको त्रुटिका सम्बन्धमा, सुधारका लागी सम्भावित सबै उपायहरु अपनाउदै गर्दा त्रि.वि. का सम्बन्धित निकायले आवश्यक सुधार नगरिएको खण्डमा चालिने आवश्यक कदमले शैक्षिक लगायतका पक्षमा हुन जाने सम्पुर्ण क्षतिको जिम्मा त्रि.वि.प.नि.का., डिन कार्यलय र त्रि.वि. प्रशासन स्वयमले लिनुपर्ने बिज्ञप्तिमा सार्बजनिक गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एलएल.बी. प्रथम बर्षको प्रकाशित परिक्षाफल सच्याउ..." A few seconds ago

सम्बन्धित खवर