धरानको पालिका तरकारी बजारमा आगलागी – Satabdi News

धरानको पालिका तरकारी बजारमा आगलागी

श्रावण १२, धरान ।  धरानको पालिका तरकारी बजारमा आगलागी भएको छ । सोमबार बिहान करिब ५ बजे देखि आगो लागेको हो ।

धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा आगो नियन्त्रणमा आएको छ । तरकारी बजारमा भएको आगलागीमा परेर ११ पसल भन्दा बढी जलेर नष्ट भएका छन् । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल तथा फलफुल पसलको लाइनमा क्षति धेरै पुगेको हो । आगलागीको क्षति र कारण बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धरानको पालिका तरकारी बजारमा आगलागी" A few seconds ago

सम्बन्धित खवर