श्रावण ६, मोरङ । मोरङको बेलबारी नगरपालिका वडा नं ६ स्थित कसेनी सोमबारेबाट अबैध औषधीको सहित तीन जना पक्राउ परेका छन् ।
मंगलबार अबैध औषधीहरुको बिक्री वितरण भईरहेको गोप्य सूचनाका आधारमा प्रदेश प्रहरीको सिआईबी र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक सुसाङकुमार चौधरीलाई पक्राउ गरेको हो । औषधी पसलमा अबैध औषधी किनिरहेको समयमा २३ वर्षीय शिबजी चौधरी र धरान– १७ का २१ बर्षीय किसनलाल थारुलाई पक्राउ गरेको हो । प्रहरीले क्लिनिकबाट डेकोलिक २ हजार क्याप्सुल, स्पास्पो २८० क्याप्सुल, एन्टीकफ ७५० क्याप्सुल, एसिडल एक हजार क्याप्सुल, प्रेगासोफ्ट ९६० क्याप्सुल, ट्रामाडोल क्याप्सुल ५० एमजी १३ हजार ६ सय क्याप्सुल लगायत प्रतिबन्धित औषधि बरामद गरेको हो ।