प्याब्सन र एन प्याब्सनले बुझायो ७ बुँदे माग सहित ज्ञापन पत्र – Satabdi News

प्याब्सन र एन प्याब्सनले बुझायो ७ बुँदे माग सहित ज्ञापन पत्र

साउन २, मोरङ । पठनपाठनको व्यवस्था गर्न माग राख्दै निजि विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले बेलबारी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार ७ बुँदे माग सहित बेलबारी नगरपालिका उप- प्रमुख ढाका कुमारी पराजुली, प्रवक्ता योगेन्द्र सुवेदी र शिक्षा शाखा प्रमुख एलिना बस्नेतलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हो ।

कोभिड- १९ का कारण शौक्षिक क्षेत्रमा परेको असर संगै पठनपाठनमा समस्या आए पछि ज्ञापन पत्र बुझाएको हो । यसै गरी विद्यार्थी भर्ना गर्न पाउने, पाठ्यपुस्तक तथा शिक्षण सामग्रीको व्यवस्थापन गर्न, जोर बिजोर वा आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न पाउनुपर्ने क्वारेन्टिनका रुपमा कुनै शिक्षण संस्थाको प्रयोग भएको भए क्वारेन्टिन सार्न पर्ने माग गरेका छन् ।

यसै वीच एक महिनाको शुल्क बाहेक बाँकी ११ महिनाको शुल्क लिनु पाउनु पर्ने माग पत्रमा उल्लेख गरेका छन् । यस्तै कुनै पनि विद्यालय बाहलमा पठनपाठन गर्दै आएको भए सो घरबहाल करको छुट समेत माग गरेको हो ।

बेलबारीका प्याब्सन अध्यक्ष भुपाल बस्नेत, एन प्याबसन बेलबारीका अध्यक्ष नारायण प्रसाद ढकाल, प्यावसन जिल्ला कोषाध्यक्ष जगत बस्नतेले ज्ञापन पत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्याब्सन र एन प्याब्सनले बुझायो ७ बुँदे माग सहि..." A few seconds ago

सम्बन्धित खवर