प्रहरी महानिरीक्षक क्षेत्रीद्दारा नेपाल प्रहरी अस्पतालको निरीक्षण – Satabdi News

प्रहरी महानिरीक्षक क्षेत्रीद्दारा नेपाल प्रहरी अस्पतालको निरीक्षण

फोटो – नेपाल प्रहरीको फेसबुक पेज

साउन २, काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेपाल प्रहरी अस्पतालको निरिक्षण गरेका छन् । शुक्रबार महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएको हो ।

महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन वार्ड, डाईलाइसिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सधन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट लगायतको निरीक्षण गरेको हो ।

निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरुले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

महानिरिक्षक थापा क्षेत्री भन्छन, ‘अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राही प्रति वोली, वचन तथा व्यवहारमा शिष्टता कायम गर्नुपर्नेर महानिरीक्षक थापा क्षेत्रीले अस्पतालमा देखिएका समस्याको समाधानकालागि उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने छ ।’

नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरुले कोरोना भाइरस (कोभिड-१९) को विषम परिस्थितिमा उच्च व्यावसायिकता प्रदर्शन गरेको प्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको श्रीवृद्धिका लागि सदैव साथ र सहयोगको लागि तत्पर रहेको बताएका छन् ।

कार्यक्रममा सो अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम प्रविधि र पद्धतिलाई अङगिकार गरी स्वस्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न अस्पताल सदैव प्रयासरत रहेको बताउनुभयो । नेपाल प्रहरी अस्पतालको एक मात्र उद्देश्य गुणस्तरीय उपचार सेवा प्रदान गर्ने रहेको बताउँदै अस्पताललाई सरकारी अस्पतालमध्येको उत्कृष्ट बनाउनेतर्फ सदैव प्रयासरत रहेको उनले बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
स्रोत- नेपाल प्रहरीको पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रहरी महानिरीक्षक क्षेत्रीद्दारा नेपाल प्रहरी ..." A few seconds ago

सम्बन्धित खवर