संन्चार माध्यमको नवीकरण शुल्क नलिने सरकारको निर्णय – Satabdi News

संन्चार माध्यमको नवीकरण शुल्क नलिने सरकारको निर्णय

साउन १, काठमाडौं । सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले यस बर्ष कोरोना भाईरसको महामारीको कारण सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै अर्थ एवम् सूचना प्रविधि तथा सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमहरुलाई नवीकरण शुल्क मिनाहाका गर्न राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संन्चार माध्यमको नवीकरण शुल्क नलिने सरकारको निर्णय" A few seconds ago

सम्बन्धित खवर