त्रि.बि. प्रोफेसर तथा बिज्ञहरु बीच दलित बिषयमा सडक बहस – Satabdi News

त्रि.बि. प्रोफेसर तथा बिज्ञहरु बीच दलित बिषयमा सडक बहस

साउन १, किर्तिपुर । रुकुम पश्चिम नरसंहार र यस विच जातीय आधारित भएका हत्याहिंसाको विरोधमा किर्तिपुरमा नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको आयोजनामा युवा तथा विद्यार्थीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोनलमा युवा विद्यार्थीहरुले विभिन्न विषयमा सडक बहस पनि गरिरहेका छन त्यही क्रममा ” बिश्वविद्यालय र दलित अध्ययन ” कसरी भैरहेको छ ? के के तयारी छ ? कस्तो हुनुपर्ने हो भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर साथै विज्ञहरु विच बहस सम्पन्न भएको छ ।

बहसमा समाजशास्त्र केन्द्रिय विभाग प्रमुख सह-प्रा.डा. टिकाराम गौतमले आजको समयमा समाज रुपान्तरणका निम्ति दलित अध्ययन महत्वपूर्ण रहेको र त्यसका निम्ति विभागले विभिन्न तहमा दलितबारे पाठ्यपुस्तकमा समाबेश गरिरहेको उल्लेख गर्दै समाजशास्त्रमा दलित बारे धेरै शोधपत्र लेखिएका छन् त्यसलाई जनर्लमा झिक्नु पर्ने र अब दलित र महिलाबारे गरिने शोधपत्रमा विभागले केहि आर्थिक सहयोगको सुरुवात गरेको बताउनु भयो ।

सह-प्रा.डा टीकाराम गौतम

त्यस्तै प्रोफेसर मधुसुधन सुवेदीले ३० -४० वर्ष अघि दलित अध्ययन गर्नु पर्ने भन्ने प्रमुख थिएन तर अहिले समाजशास्त्र र मानवशास्त्रले कलास र काष्ट बारे अध्ययन गर्नु सकारात्मक पक्ष हो । अहिले आफुहरु दलित अध्ययनलाई विभिन्न तहको पाठ्यपुस्तक राख्न लागिरहेको उल्लेख गर्दै, लोकतन्त्र बलियो भए यो दलित मुद्दा पनि बलियो हुने र दलित अध्ययन बारे सबैले आ-आफ्नो ठाउबाट लाग्नुपर्ने उल्लेख गर्दै यो मुद्दा गैरदलितको रहेको बताउनु भयो । समाज, जीवन पदति बुझ्नका लागी दलित अध्ययन केन्द्रको महत्वपूर्ण भूमिका रहने र त्यसका लागि राज्यले पहल कदम गर्नु पर्नेमा होड दिदै अहिलेको वर्षमा प्लस टु बाट पिएचडी सम्म ५ लाख भन्दा वढी विधार्थीहरुले दलित अध्ययन गर्न पाएको बताउनु भयो ।

प्रो. मधुसुधन सुबेदी

उप-प्रा.डा. गंगाराम विश्वकार्माले अब अन्तर विभागहरुले आपसमा सहकार्य गर्नु पर्ने भन्दै दलित अध्ययन सामाजिक मनोवैज्ञानिक समस्या भएकोले यसका लागी विश्वविद्यालयको चेतनाको माध्यमबाट यसको समाधानमा जोड दिदै दलित बारे अध्ययनका निम्ति धेरै विषयवस्तुहरु जस्तो दलितको सिप ज्ञान त्यस सग जोडिएका रोजगारी, उत्पादन, बजार जस्ता विषय रहेको उल्लेख गर्नु भयो ।

उप-प्रा.डा. गंगाराम विश्वकर्मा

समाजशास्त्री राज्यलक्ष्मी गुरुङले विश्वविधालयले आफ्नो धार के हो स्पष्ट बनाउनु पर्ने भन्दै दलित महिलाहरु अरुमा मात्र केन्द्रित नभएर आफैले ज्ञानको व्याख्या विश्लेषण गर्नु पर्ने र ज्ञानको मूल स्रोतका निम्ति वातावरण र आफु तयारी हुनुपर्नेमा जोडदिनु पर्ने उल्लेख गर्नुभयो ।

समाजशास्त्री राज्यलक्ष्मी गुरुङ

यस्तै अनुसन्धानकर्ता तथा लेखक तेज सुनारले दलित अध्ययन केन्द्रको उल्लेख गर्दै अबका दिनमा दलित बारे खोज अध्ययन अनुसन्धान गर्नु पर्ने र विश्वविद्यालयले दलित विद्यार्थीको लागि अध्ययन अनुसन्धानका निम्ति वातावरण तयार गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

अनुसन्धानकर्ता तथा लेखक तेज सुनार

सडक बहस रवि सेन्चुरीको अध्यक्षता, निर्मल आर्चयको स्वागत मन्तब्य र रामलाल राजवंशी विकेको संचालनमा  त्रिभुवन बिश्वबिद्धालयको केन्द्रीय समाजशास्त्र/ मानबशास्त्रको भबन अगाडि कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "त्रि.बि. प्रोफेसर तथा बिज्ञहरु बीच दलित बिषयमा ..." A few seconds ago

सम्बन्धित खवर