अमेरिकाले चिनियाँ एप्स टिकटक प्रतिबन्धित गर्ने – Satabdi News

अमेरिकाले चिनियाँ एप्स टिकटक प्रतिबन्धित गर्ने

असार २४, एजेन्सी । चिनियाँ एप्सलाई अब अमेरिकामा पनि बन्द गरिने भएको छ। भारतले चिनियाँ एप्सलाई बन्द गरेपछि टिकटक सहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी भएको जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले सोमबार छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् ।

पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सुचना सेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।

टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि भारतले गत साता मात्रै प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको अमेरिकाले स्वागत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमेरिकाले चिनियाँ एप्स टिकटक प्रतिबन्धित गर्ने" A few seconds ago

सम्बन्धित खवर