त्रिभुवन बिश्वबिद्धालयमा दलित मुद्दामा राष्ट्रिय मिडियाको दायित्वबारे सडक बहस – Satabdi News

त्रिभुवन बिश्वबिद्धालयमा दलित मुद्दामा राष्ट्रिय मिडियाको दायित्वबारे सडक बहस

असार १९, किर्तिपुर । रुकुम पश्चिम नरसंहार र जातीय आधारित हत्या हिंसाको विरोधमा विगत एक महिना देखि किर्तिपुरमा नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको आयोजनामा युवा तथा विधार्थीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोनलमा युवा विधार्थीहरुले विभिन्न विषयमा सडक बहस पनि गरिरहेका छन त्यही क्रममा राष्ट्रिय मिडियाका सम्पादक, सह-सम्पादकहरुसंग विश्वविधालयमा जात व्यवस्था र दलित मुद्दामा राष्ट्रिय मिडियाको दायित्व बारे सडक बहस भएको छ ।

बहसमा सीएइजेका सह-सम्पादक बाबुराम विश्वकर्माले अझै पनि जातको आधारमा विभेद भइरहेको छ,भन्दै रुकुम हत्या शक्तिको आडमा भएको बताउदै नेकपा जतिको जातिवादी र दलित विरोधी दल अरु नदेखिएको र दलित दलालको पछि लागेर दलित दलित मुक्ति नहुने र अहिले झन् छुजाछुत झन् बढेको बताउदै, अहिले हातहातमा मिडिया पुगेकोले त्यसको सदुप्रयोग गर्दै यस्ता कुसस्कार बारे आवाज उठाउनु पर्नेमा जोड दिए ।

त्यस्तै नेपाल साप्ताहिकका पुर्व सम्पादक बसन्त बस्नेतले समाजमा ठुलो तप्काले जे कुरालाई सामाजिक सदभाव र मिलेर बसेर आएका छौ भन्यौ जे मा गर्व गर्दै आयौ त्यो त शव्दको खेलमात्र भएको, समानताको कुरा छाडौ हामीले सामान्य आधारभूत मानवता पनि स्थापित गर्न नसकेका रहेछौ भन्दै यो मुद्दा दलितको मात्र नभएर गैरदलितको पनि रहेको यसका निम्ति सबैले आ-आफ्नो ठाउबाट लेख्न र बोल्न जरुरी रहेको बताए । साथै वरिष्ठ पत्रकारहरुले जसरी रुकुम घटनालाई तोडमोड गर्ने प्रयन्त गरे त्यो निकै नै खेदजनक रहेको बताए ।

जागर मिडियाका अध्यक्ष रेम विश्वकर्माले दलितहरु जन्मिदै विभेद भाग्दै आएको र इतिहासमा बाबाहरु बोल्न नसके पनि हामी अल्ली-अल्ली बोल्न थालेको हिजो दबाईको आवाज अहिले बोल्न थालेका छन् तर ति आवाजलाई दाबाउन खोजिएको छ, मारिएको छ आज जात व्यवस्था विश्वव्यापी हुदै गैरहेको र त्यसबाट दलित समुदाय थप पिडित भएको बताउदै अब यो जातिव्यवस्था भत्काउन सबैले आफ्नो ठाउबाट लाग्न जरुरि रहेको उल्लेख गरे । दलित अनलाईनका अशोक दर्नालले सबै दलितहरुले हरेक ठाउबाट आन्दोलन गर्नु पर्ने बताउदै त्यसम मिडियाले पनि भूमिका खेल्नु पर्ने जोड दिएका थिए सडक बहस रवि सेन्चुरीको अध्यक्षता , नविन तिवारीको स्वागत र रामलाल राजवंशी विके को संचालन मा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "त्रिभुवन बिश्वबिद्धालयमा दलित मुद्दामा राष्ट्रि..." A few seconds ago

सम्बन्धित खवर