जनता समाजबादी पार्टी बेलबारीले भब्यताको साथ १७ औं धान दिवस मनाए – Satabdi News

जनता समाजबादी पार्टी बेलबारीले भब्यताको साथ १७ औं धान दिवस मनाए

असार १५, बेलबारी । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभर असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरिन्छ । नेपालले वि.सं. २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको आज १७ औं बर्ष पार गरेको दिन हो । उक्त अबसरमा जनता समाजबादी पार्टी बेलबारी नगर समितिले धान रोपेर भब्यताको साथ मनाएका छ्न ।

कृषि प्रधान देशको रुपमा चिनिन्ने मुलुक भएकोले खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई बढाउनु आजको आबस्यकता रहेको कुरा नगर अध्यक्ष तिलक राई बताए । मानो रोपेर मुरी फलाउने दिनलाई सम्झदै सबै नागरिकहरुको अबको क्रान्ति भनेको कृषि क्रान्ति गर्नु पर्ने कुरा जिल्ला सदस्य तारा धिमालले बताए । आफु पनि निरन्तर कृषि क्रान्तिमा नै संघर्ष गरेको कुरा बताए ।

बेलबारी वडा नं १० को माटीगाउमा भएको धान रोपाई कार्यक्रममा प्रदेश सदस्य केदार धिमाल, शान्ता तामाङ, जिल्ला सदस्य केशब थापा मगर, अकिलमान राई, तारा धिमाल, विद्यार्थी नेता अशोक राई, पत्रकार केन्द्रिय सदस्य अशोक गुरुङ, विद्यार्थी जिल्ला सदस्य ऋषि राई, लिम्बुवान समितिको सदस्य आशिष गुरुङ, नगर युवा अध्यक्ष सन्तोष तामाङ उपस्थितिमा कार्यक्रम संचालक नगर सचिब अमिर मगरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनता समाजबादी पार्टी बेलबारीले भब्यताको साथ १७ ..." A few seconds ago

सम्बन्धित खवर