प्याब्सन र एनप्याब्सनको शुल्क असुल गर्ने निर्णय प्रति विद्यार्थी संगठनको आपत्ति – Satabdi News

प्याब्सन र एनप्याब्सनको शुल्क असुल गर्ने निर्णय प्रति विद्यार्थी संगठनको आपत्ति

असार १२, विराटनगर । कोरोना कहरका कारण लामो समय सम्म लकडाउनले गर्दा निजि विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनद्वारा विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने गरी शुल्क असुल्ने अभिप्राय लिएको भन्दै समाजवादी पाटी र राष्ट्रिय जनता पाटी निकट विद्याथी संगठन बिराटनगरले संयुक्त प्रेस विज्ञप्ति निकालेको छ ।

महामारीको रुपमा संसारभरी नै फैलिएको कोरोना भाइरसका कारण लाखौं विद्यार्थी विद्यालय जानबाट वन्चित भएका छन । कोरोना त्रासका कारण स–साना विद्यार्थी बाल–बालिकाहरुमा मनोवैज्ञानिक असर देखिन सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समय विद्यालय बाहेक अन्य केहि क्षेत्रहरुमा लकडाउन केहि खुकुलो भएपनि संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको अवस्थामा विद्यालय क्षेत्र झनै संवेदनशील हुने हँदा तत्कालै विद्यालय खुल्ने कुनै सम्भावना नदेखिँएको पनि उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्याब्सन र एनप्याब्सनको शुल्क असुल गर्ने निर्णय..." A few seconds ago

सम्बन्धित खवर