समाजवादी विद्यार्थी युनियनको प्रेस विज्ञप्ति – Satabdi News

समाजवादी विद्यार्थी युनियनको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
हाम्रो संगठन समाजवादी विद्यार्थी युनियन आम विद्यार्थीहरुको हक अधिकार स्थापित गर्न र समाजमा भएका सबैखाले समस्या समाधानको लागि राष्ट्रियता, सुशासन, अधिकार र न्यायको पक्षमा संघर्ष गर्दै आइरहेको छ । पछिल्लो समय समाज र शिक्षा क्षेत्रमा भएको समस्याहरु समाधानका लागि हाम्रो निम्न धारणा सार्वजनिक गर्दैछौं ।

१) सम्पुर्ण अभिभावकहरुलाई आफ्नो बालबालिका सरकारी विद्यालयमा भर्ना गर्नुहुन र घोकन्ते नतिजा होइन अध्ययन गर्ने सिर्जनशील क्षमताको विकासबारे सार्वजनिक विद्यालयहरुको गुणस्तरमा कुनै संका नगर्न अनुरोध गर्दछौं ।

२) विश्वविद्यालयहरुमा लामो समयदेखि पदाधिकारी विहिन रहेको विषय सरकारलाई फेरि स्मरण गराउँदैछौं, गुटगत र दलगत नियुक्ति होइन कार्यदक्षताको आधारमा खुल्ला प्रतिस्पर्धाबाट सम्पुर्ण विश्वविद्यालयमा तत्काल रिक्त पदाधिकारी नियुक्ति गरियोस्, अन्यथा, अब धैर्यताको समय सकिएकोले कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौं ।

३) हाल निजि विद्यालयहरुले चलाईरहेको अनलाइन कक्षामा सम्पुर्ण विद्यार्थीहरु सहभागी छैनन् । कतिपय विद्यार्थी इन्टरनेटको पहुँच बाहिर छन् भने कतिपय स्मार्ट फोन र ल्यापटप किन्ने हैसियतमा छैनन् । यो अपुर्ण र अव्यवहारिक कक्षा संचालनमा सरकारको ध्यान पुगोस् ।

४) विद्यालयहरुले कक्षा संचालन नगरेको र दिनको १/२ घण्टा मात्रै अनलाइन कक्षा संचालन गरेर सबैसँग सम्पुर्ण शुल्क अशुल गर्न संगठित उर्दी जारी गर्ने निजि विद्यालय संचालकहरुको अपिललाई समाजवादी विद्यार्थी युनियन खारेज गर्दछ । साथै लकडाउनभर कुनै शुल्क नतिर्न आम अभिभावकहरु समक्ष हार्दिक अनुरोध गर्दछौं ।

५) शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण र व्यापारीकरणको अन्त्य गर्नैपर्छ । शिक्षा र स्वास्थ्यको लागि तिर्नुपर्ने महँगो शुल्कको कारण बहुसंख्यक नागरिकले तनाव बोक्नु परेको छ । शिक्षा र स्वास्थ्य सेवा अति आवश्यक तर महँगो भएको कारणले पनि भ्रष्टाचार केहि हदसम्म बढेको हो त्यसैले निशुल्क शिक्षा र स्वास्थ्य सेवा प्राप्तिको लागि दबाव बढाउन आम जनसमुदायलाई अपिल गर्दछौं ।
जय मातृभूमि !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी विद्यार्थी युनियनको प्रेस विज्ञप्ति" A few seconds ago

सम्बन्धित खवर