चीनको हर्कत : बषौं देखि नेपाली भुमि चीनद्वारा अतिक्रमण – Satabdi News

चीनको हर्कत : बषौं देखि नेपाली भुमि चीनद्वारा अतिक्रमण

चीनका राष्ट्रपति सिजिङपिङ र नेपालका प्रधानमन्त्री केपी ओली

असार ९, काठमाडौं । ओली नेतृत्वको सरकारले देशको विभिन्न क्षेत्रहरूमा चीनले अतिक्रम गरेको भुभागबाट नेपाली जनताको ध्यान हटाउनका लागि भारतसंग नेपाल सीमा विवादलाई बढाईरहेको छ ।

भारतको ‘जी न्युज’ले राखेका कागजातहरू चीनले नेपालका अधिकांश क्षेत्रहरूमा कब्जा गरेको कुरा खुलाएको छ । सरकार चीनको धेरै दबाब रहेको कारणले भारतसँगको सीमा विवादलाई जनताको ध्यान मै केन्द्रिय गराएको सिमाबिदहरुले अर्थपूर्ण रूपमा हेरिरहेका छन ।

नेपाल सरकारले चिनियाँ सरकार संग रुई गाउँको बारेमा कुनै कुरा बार्ता गर्न नसक्नु नेपालको ठुलो कमजोरी रहेको बताएको छ । सरकार कै सहमतिमा चीन सरकारले कब्जा गरेको अनुमान बिज्ञहरुले गरिरहेका छन । नेपालको भुभाग चिन सरकारले पनि अतिक्रम गरेको कागजातका अनुसार चीनले नेपालको करीव ११ स्थान अतिक्रम गरेको भारतको जी न्युजले सार्बजनिक गरेको छ । सरकार अहिले चीन संगको सम्झौता गर्नमा आतुर छ । शताब्दीयौं पुरानो भारत संगको सम्बन्धमा विष घटाउन नेपाल र भारतको बीचमा भएको सीमा विवादलाई उतारचढाव गराउदै गरेको बिज्ञहरुको बुझाइ छ ।

नेपालका परराष्ट मामिलासँग सम्बन्धित एक अधिकारीका अनुसार चिनियाँ सरकारले नेपालमा ठुलो लगानी गरिरहेको छ । तिब्बतसंग नेपालको सिमाना जोडिएका भागहरुमा चीनले आफ्नो भुभाग भनेर दाबी गर्दै आएको छ । यो विषयमा नेपाल सरकारले कुनै चासो देखाएको छैन ।

हेर्नुहाृस चीनले नेपालको ११ ठाउँमा कहाँ कहाँ अतिक्रम गरेको छ ।

१)  हुम्ला जिल्ला भगदारे खोलाको ६ हेक्टर जग्गा अतिक्रमण ।
२)  हुम्ला जिल्लाको कर्णाली नदीको चार हेक्टर जग्गा अतिक्रमण ।
३)  नेपालले रसुवा जिल्लामा सिन्जेन खोलाको २ हेक्टर जग्गा अतिक्रमण ।
४)  नेपालले रसुवा जिल्लामा भुरजुक खोलाको १ हेक्टर जमिन अतिक्रमण ।
५)  रसुवा जिल्लाको लादे खोलाको केही भुभाग अतिक्रमण ।
६)  रसुवा जिल्लामा जम्बू खोलाको तीन हेक्टर अतिक्रमण ।
७) सिन्धुपाल्चोक जिल्लामा खैरानी खोला ७ हेक्टर जग्गा अतिक्रमण ।
८)  सिन्धुपाल्चोक जिल्लाको भोटे कोशीको खोलाको ७ हेक्टर अतिक्रमण ।
९)  सखुवासभा जिल्लाको समझुङ खोलाको ३ हेक्टर भुभाग अतिक्रमण ।
१०)  संखुवासभा जिल्लाको कम खोलाको २ हेक्टर भुभाग अतिक्रमण ।
११)  संखुवासभा जिल्लाको अरुण नदीको ४ हेक्टर अतिक्रमण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चीनको हर्कत : बषौं देखि नेपाली भुमि चीनद्वारा अ..." A few seconds ago

सम्बन्धित खवर