संयुक्त राष्ट्र संघको महासभामा अमृत राई नेपालको पहिलो अध्यक्षमा निर्बाचित – Satabdi News

संयुक्त राष्ट्र संघको महासभामा अमृत राई नेपालको पहिलो अध्यक्षमा निर्बाचित

जेठ ३१, काठमाडौ । संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपाल पहिलो पटक निर्वाचित भएको छ । न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदमा पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले निर्वाचित भएका हुन् ।

निर्बाचित अध्यक्ष अमृत राई

महासभामा ६ वटा मुख्य कमिटीमध्ये यो कमिटि निकै महत्वपूर्ण कमिटी मानिन्छ । अल्पविकसित देशले सामान्य गर्ने समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन समेत यस कमिटीले हेर्ने भएकाले पनि यो महत्वपूर्ण मानिएको हो ।

राष्ट्रसंघ मार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर भएको नेपाली नियोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संयुक्त राष्ट्र संघको महासभामा अमृत राई नेपालको..." A few seconds ago

सम्बन्धित खवर