लोहोन्दा खोलाको अत्यावश्यक दोहन, नक्सलबारी त्रसित; नगरप्रमुख भने मौन ( भिडियो सहित ) – Satabdi News

लोहोन्दा खोलाको अत्यावश्यक दोहन, नक्सलबारी त्रसित; नगरप्रमुख भने मौन ( भिडियो सहित )

जेठ १२, बेलबारी । महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाईरस नियन्त्रणको लागी सरकारले बन्दाबन्दी (लकडाउन) गरेको छ । लकडाउनको आज ६३ औ दिन रहेको छ । बन्दाबन्दीमा मानिसलाई अत्यावश्यक चाहिने स्वास्थ सामग्री र खाद्यान्नको लागी केहि डिपार्टमेन्टहरु निश्चित समयसीमा तोकि खुल्ला गरिएको छ । सरकारले बिरामीको लागी एम्बुलेन्स बाहेक गृहमन्त्रालयको स्वीकृति बिना अन्य सवारी साधन चलाउन दिएको छैन । तर बेलबारी वडा नं १ नक्सलबारी स्थित लोहन्द्रा खोलाको बन्दाबन्दीको अबहेलना र स्थानीय निकायको विरुद्धमा खुलेआम गिट्टी, बालुवा बोकिरहेका छन ।

तिब्र रुपमा नदी दोहन कार्य

महेन्द्र राजमार्गदेखि ५ कि.मि उतरमा अवस्थित बेलबारी वडा नं १ को पुर्बतर्फ घनाजङ्गल र पश्चिमतर्फ रहेको बिहानी टोल बिकाश लोहोन्द्रा खोलाको गिट्टी, बालुवा यतिखेर अत्याधिक दोहन भईरहेको छ । बर्खाको समयमा अत्यावश्यक गरिएको दोहनको कारण नक्सलबासी बाढीले बिस्थापित गराउने कुराले त्रसित बनाएको छ । त्यहाँ नत तटबन्दन नै गरिएको नत तारजालि नै लगाईएको छ । बन्दाबन्दीको अवज्ञा र बर्षायामको बेला मापदण्डको उलंघन गरि दोहन गरिरहन्दा वडा नं १ का वडा प्रतिनिधि तथा नगरप्रमुख मुखदशक भएका छन ।

तिब्र रुपमा नदी दोहन कार्य

प्राकृतिक सम्पदाको अत्याधिक दोहनको कारण नक्सालबारी मात्र नभई पुरै बेलबारी बजार क्षेत्र डुब्ने र बगाउने भयले स्थानीय युवाको सक्रियतामा ५० भन्दा बढी ट्रीपरलाई रोकेका छन । हाल स्थानीयबासीहरु यसको बिरोधमा उत्रिएका छन । यस बन्दाबन्दीको अवज्ञा गर्दै अत्यावश्यक प्राकृतिक सम्पदाको दोहन गर्ने ठुलै माफियाको हात रहेको छ भन्ने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लोहोन्दा खोलाको अत्यावश्यक दोहन, नक्सलबारी त्रस..." A few seconds ago

सम्बन्धित खवर