बेलबारी नगरपालिकको संयोजकमा ३१५ नागरिकलाई बेलाबारी ल्याईयो – Satabdi News

बेलबारी नगरपालिकको संयोजकमा ३१५ नागरिकलाई बेलाबारी ल्याईयो

बैशाख १४, बेलबारी । १ महिना समयदेखि देशमा भएको लकडाउनको कारण काठमाडौ उपत्यकामा बस्न बाध्य रहनु भएका सम्पुर्ण बेलबारी नागरिकको लागी बेलबारी नगरपालिकाले बेलाबारी ल्याईएको छ । बेलबारी नगरपालिकाले शुरुमा ४ वटा डिलक्स बसको ब्यबस्था गरेता पनि आउने यात्रुको संख्या अधिक भएकोले थप एक गरि ५ वटा बसमा जम्मा ३१५ यात्रु आएको कुरा उपमेयर ढाका कुमारी पराजुलीले शताब्दी न्युजलाई बताए । प्रति ब्यक्ती १४०० लाग्ने बस भाडा रकम सबै यात्रुको लागी नगरपालिकाले निशुल्क ब्यबस्थापन गरेका हो ।

काठमाडौ उपत्यकाबाट बेलाबारी आएका सबै यात्रुहरुको बिवरण टिर्पोट गर्दै उनीहरुको संक्रमित भएको वा नभएको पुष्टिको लागी थर्मोकलले ज्वारो मापन गरिएको थियो । थर्मोकल मापनको लागी ७ जना स्वास्थकर्मी रहेका थिए । सबै यात्रुहरुको ज्वारो मापन गर्दा सामान्य भएको र उनीहरु १४ दिन सम्म क्वारेन्टाइनमा बस्नको लागी सचेत गराएको कुरा स्वास्थ प्रमुख सन्तोष बि.क.ले जानकारी दिए ।

काठमाडौ उपत्यका रहन बाध्य भएकाबाट केहि बेलबारी नागरिकहरु सुचनाको अभाबले आउन नपाएको केहि गुनासहरु आएको छन । उहाँहरुको लागी नगरपालिकाले कसरी ल्याउने कुरा भनेर योजना भनाईरहेका कुरा नगर प्रबक्ता योगेन्द्र सुबेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकको संयोजकमा ३१५ नागरिकलाई बेलाब..." A few seconds ago

सम्बन्धित खवर