आउदै गरेको रमजानलाई लकडाउनको पालना गर्दै मनाउन आग्रह; विद्यार्थी नेता आमिन राइन – Satabdi News

आउदै गरेको रमजानलाई लकडाउनको पालना गर्दै मनाउन आग्रह; विद्यार्थी नेता आमिन राइन

अमिन राईन

कोरोना भाइरसबाट आफू बाच्न र अरुलाई बचाउनको लागी नेपाल सरकारले जारी गरेको लकडाउनको पालना गर्नु आजको आबस्यकता बनेको छ । नेपालमा भईरहेको लकडाउनको समयमा ययिखेर मुस्लिम समुदायको पवित्र महिना रमजान आउन केबल एक साता मात्र बाकी छ । उक्त महिनामा मुस्लिम समुदायले रोजा राखि अनिवार्य रुपमा नियमित ५ समयको नमाज अदा गरि गरिब असहाय परिवारलाई सहयोग गर्दै एक महिना सम्म पुजा पाठ गर्ने प्रचलन छ ।

तर लकडाउनको कारण मुस्लिम समुदायहरुको पवित्र रमजान महिनामा तराबिह नमाज इफ्तार पार्टी र अन्य धार्मिक कार्यक्रमहरु गर्दा भिड भाड नगरि आ-आफ्नो घर भित्रै गर्नु पर्ने बध्यता बनेको छ । किन कि कोरोना भाइरसबाट संक्रमितहरुको संख्या दिन दिनै बिश्वमा बढीरहेको र केही दिन देखि नेपालमा पनि कोरोनाको संक्रमित बढेको छ ।

संक्रमित संख्यालाई नियन्त्रण गर्न र रोक्नको लागी सरकारले निरन्तर रुपमा लकडाउन गरिरहेको छ । पछिल्लो समयमा लकडाउन बैशाख १५ गते सम्म सरकारले घोषणा गरिसकेको कुरा हामी सबैमा अवगत नै छ । सरकारले गरेको यो निर्णय इस्लाम धर्मको विरुद्ध छैन । मुस्लिम समुदायको तर्फबाट खास गरि सरकार र समाजमा कुनै गलत सन्देश नजाओस । सबै मुस्लिम समुदायले यस समयमा आ-आफ्नो घरमै बसि आ-आफ्नो परिवारको सदस्यलाई धार्मिक तथा सांस्कृतिक ज्ञानहरु सिकाउने, पवित्र पुस्तक कुरानको पाठ पढ्न लगाउने, रमजान महिनामा दान पुन्य हुने जस्ता कुराहरू सिकाउनु पर्ने आजको आबस्यकता रहेको छ । गरिब असहाय र समाजका रहेका निम्म वर्गीय परिवारहरुलाई छाक टार्न गाह्रो भइरहेको अबस्थामा यस्ता ब्यक्तिलाई बिशेष ध्यान दिदै पवित्र रमजान महिनाको पवित्रता कायम राख्नु आजको समयमा अति महत्त्वपूर्ण कुरा भएकोले सबै मुस्लिम समुदायहरुले यस बिषयलाई संमबेदनशील मान्नु हुन हार्दिक अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आउदै गरेको रमजानलाई लकडाउनको पालना गर्दै मनाउन ..." A few seconds ago

सम्बन्धित खवर