बेलबारीमा ५०% कृषि अनुदानमा आजदेखी बैशाख १४ सम्म धानको बीउ दर्ता फराम खुल्यो – Satabdi News

बेलबारीमा ५०% कृषि अनुदानमा आजदेखी बैशाख १४ सम्म धानको बीउ दर्ता फराम खुल्यो

बैशाख ४, बेलबारी । बेलबारी नगरपालिकाले चालु आर्थिक बर्ष २०७६/७७ को स्वीकृत बजेट कार्यक्रम अन्तर्गत कृषि बिकाश शाखा मार्फत ५०% अनुदानमा धानको बीउ बितरण गर्ने कार्यक्रम रहेको प्रशासकीय अधिकृत प्रदिप कुमार शाहले शताब्दी न्युजलाई बताए ।

धानको बीउ लिन चाहने ईच्छुक कृषि समुह तथा सम्पूर्ण कृषक बर्गहरुलाई आज बैशाख ४ गतेदेखि बैशाख १४ गते भित्रसम्म आफुलाई आबस्यक पर्ने धानको बीउको जात तथा आबस्यक बीउको परिणाम लिन फोन सम्पर्क मार्फत दिन सकिने बताए  ।

धानको बीउको जातको लिनको लागी कार्यलयको निम्न ब्यक्तिहरुलाई सम्पर्क गरि बीउ प्राप्त गर्न सक्न्नु हुनेछ ।
बिनोद दाहाल ९८४२४६७५९६
निर्मला कोइराला ९८४२२४०५३
बिशाल सिटौला ९८६२४००२१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा ५०% कृषि अनुदानमा आजदेखी बैशाख १४ सम्..." A few seconds ago

सम्बन्धित खवर