सनसिटिमा स्वाब परिक्षण शुरु गरिएको २९६ मा नै नेगेटिभ – Satabdi News

सनसिटिमा स्वाब परिक्षण शुरु गरिएको २९६ मा नै नेगेटिभ

बैशाख ३, काठमाडौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । जसको रिजल्ट नेगेटिभ आएको छ

अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने  एकै परिवारका २ जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्‍यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको हो ।

स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर तीनवटा टेबलबाट परीक्षण भइरहेको छ । सनसिटीका पाँचवटा ब्लकमा पाँच सय परिवारका करिब एक हजार पाँच सय जना बस्दै आएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सनसिटिमा स्वाब परिक्षण शुरु गरिएको २९६ मा नै ने..." A few seconds ago

सम्बन्धित खवर