चीनमा फेरी कोरोनाको संक्रमण देखियो – Satabdi News

चीनमा फेरी कोरोनाको संक्रमण देखियो

बैशाख १, बेलबारी । सोमबार चीनमा कोरोना भाइरसका १ सय ८ जना नयाँ संक्रमित भेटिएका छन् । यो ५ साता भन्दा लामो समय पछि कै उच्च संख्या हो । संक्रमित मध्ये धेरै जसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ ।

संक्रमित हुनेमा आधा भन्दा बढी मानिस रुससँगको सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन् । कोरोना भाइरस सुरुमा देखा परेको हुबे प्रान्तमा भने नयाँ संक्रमितको संख्या एकदमै कम रहेको चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चीनमा फेरी कोरोनाको संक्रमण देखियो" A few seconds ago

सम्बन्धित खवर