बेलबारीका दोर्जे तामाङले दिए नेपाल स्टारमा दमदार प्रस्तुति – Satabdi News

बेलबारीका दोर्जे तामाङले दिए नेपाल स्टारमा दमदार प्रस्तुति

३० चैत, बेलबारी । नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपाल स्टारको संगीत रियालिटि सोमा बेलबारीको दोर्जे तामाङ छनौट भएको छ ।

हरेक शनिबार नेपाल टेलिभिजनबाट प्रशारित हुने उक्त कार्यक्रम ईटहरीको अडिसनबाट तामाङ छनौट भएका हुन । उनले त्यहाँ ” एज व्याण्डको लेखिएको शब्द भन्दा धेरै माया गर्छुृ तिमीलाई ” र ” चाहाना मनमा उडाई ल्यायो कि मौसमले ” भन्ने बोलको गीत प्रस्तुत गरेका थिए ।

संगीत क्षेत्रमा रचि राख्ने तामाङ बिभिन्न क्लब, रेष्टुरेन्ट, बार आदि क्षेत्रमा प्रस्तुति दिदै आईरहेका छन । परिवारको माया र स्नेहले गर्दा आज यो स्थान सम्म आएको छु र बाकी दिनमा पनि अझ परवारबाट हौसला मिल्ने अपेक्षा रहेको उनले बताए । ईटहरीको अडिसनबाट छनौट भए पश्चात उनको  काठमाडौ जाने ढोका खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीका दोर्जे तामाङले दिए नेपाल स्टारमा दमदा..." A few seconds ago

सम्बन्धित खवर