कोरोनाविरुद्ध ऐक्यबद्धता: नयाँ वर्षको बिहान ८ बजे देशैभरि राष्ट्रिय गान गाउन "युएन ग्लोबल कम्प्याक्ट नेपाल''को आह्वान – Satabdi News

कोरोनाविरुद्ध ऐक्यबद्धता: नयाँ वर्षको बिहान ८ बजे देशैभरि राष्ट्रिय गान गाउन “युएन ग्लोबल कम्प्याक्ट नेपाल”को आह्वान

काठमाडौँ, ३० चैत । विश्व अहिले कोरोना भाइरस महामारीको संकटबाट गुज्रिरहेको छ संसारभरिका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत यसविरूद्धको मोर्चामा खटिएका छन् ।

यसै क्रममा नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ । नेपालमा पनि संक्रमण रोकथामको अग्रमोर्चामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू लगायत व्यक्तिहरू खटिएका छन् ।

यस्तो वेला हामीलाई कोरोना संक्रमण हुन नदिन र दैनि जीवन सहज बनाउन अग्रमोर्चामा खटिएकाहरूको हौसला बढाउन नयाँ वर्षको ९सोमबार, वैशाख १ गते० बिहान ८ बजे राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउने कार्यक्रम तय गरिएको छ ।

‘युएन ग्लोबल कम्प्याक्ट नेपाल’ले सोमबार बिहान ८ बजे आ(आफ्नो घरको कौसी, झ्याल वा छतमा उभिएर राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्न अपील गरेको छ ।

कोरोना संक्रमण न्यूनीकरण तथा रोकथामको अग्रमोर्चामा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, इमरजेन्सी सेवाका कर्मचारी, सप्लाइमा खटिएका कामदार, सफाइकर्मी लगायतको समर्थनमा ऐक्यबद्धता जाहेर गर्न यो अभियान देशभरि एकैसाथ लागु गर्न कम्प्याक्ट नेपालले आह्वान गरेको छ । सो समय एफएमहरूबाट समेत राष्ट्रय गान प्रसारण हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोनाविरुद्ध ऐक्यबद्धता: नयाँ वर्षको बिहान ८ ब..." A few seconds ago

सम्बन्धित खवर