निलो नम्बर प्लेट गाडीमा थर्मल-गन बेच्दा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक अग्रवाल पक्राउ – Satabdi News

निलो नम्बर प्लेट गाडीमा थर्मल-गन बेच्दा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक अग्रवाल पक्राउ

कूटनीतिक नियोगको निलो नम्बर प्लेट गाडीमा थर्मल-गन विक्री गर्दै हिँडेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्।

अग्रवालले ३ हजार मूल्य पर्ने थर्मल गन लक् डाउनको फाइदा उठाउदै १५ हजार रुपैयाँमा बेचीरहेको भन्ने गोप्य सुचनाको आधारमा अग्रवाल संग प्रहरीले मेडिकल टिम बनेर १०० थान थर्मल गन खरिद गर्ने डीलको नाटक गरेका थिए । सामान डेलिभरी गर्न अग्रवाल कुटनीतिक नियोगको गाडी चढेर आउदा मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। उनको निलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल-गन बरामद भएको थियो।

कालोबजारी गरेको पाइएकोले अग्रवाललाई मुद्दा चलाईने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले शताब्दी न्युजलाई बताएका हुन ।

सुलभ अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन् । साथै उनी जगदम्बा स्टिल्स र जगदम्बा सिमेन्टका सञ्चालक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "निलो नम्बर प्लेट गाडीमा थर्मल-गन बेच्दा जगदम्बा..." A few seconds ago

सम्बन्धित खवर